राहुल गॉंधीले संगठन सृजन अभियान पायलट प्रोजेक्टको शुभारम्भ गरे
राहुल गॉंधीले संगठन सृजन अभियान पायलट प्रोजेक्टको शुभारम्भ गरे


मोडासा 16 अप्रेल (हि.स.)। गुजरातको मोडासाबाट संगठन सृजन अभियान पायलट प्रोजेक्टको शुभारम्भ गर्दै कांग्रेस नेता राहुल गॉंधीले बुधवार 1200 भन्दा धेरै बूथ प्रमुखहरूलाई संगठनको पाठ पढाए। उनले आगामी दिनहरूमा पार्टीले जिल्ला संगठनको माध्यमद्वारा उम्मेदवारहरू उठाउने र पार्टीमा नयॉं पीढीलाई जोड्न विशेष बल दिइने बताए।

अरवल्ली जिल्लाको मोडासाको स्वामीनारायण मन्दिर हलमा लोकसभामा नेता प्रतिपक्ष राहुल गॉंधीले एकातिर भाजपामाथि प्रकार गरे भने अर्कोतिर गुजरातमा चुनाउ जित्ने रणनीतिमाथि कुराकानी गरे। राहुल गॉंधीले भने, यो लडाई राजनीतिक हो, तर यो विचारधाराको पनि लडाई हो। देशमा केवल दुई विचारधाराको पार्टी छ, एक कांग्रेस र अर्को आरएसएस, भाजपा। यदि भाजपालाई हराउनु हो भने यसको बाटो गुजरात भएर जान्छ।

राहुलले भने, धेरै सालदेखि गुजरातमा पार्टी हतोत्साहित छ, यस कारण यो काम गाह्रो लाग्छ। यसको निम्ति पार्टीमा परिवर्तन गर्नु पर्नेछ। पार्टीभित्र प्रोडक्टिव कम्पिटिशन हुनुपर्छ। उनले पार्टीको कमजोरीहरूमाथि प्रकाश पार्दै स्थानीय नेताहरूलाई टिकट वितरणमा सामेल गरिॅंदैन भनी बताए। जिल्लाका नेताहरूलाई पावर र जिम्मेवारी प्रदान गर्नुपर्ने आवश्यकतामा उनले बल दिए।

उनले भने, प्रभारी नेताहरूले जिल्लाका मानिसहरूसॅंग कुराकानी गरेर हाईकमानलाई 5-6 नाम पठाउने छ, जसमध्ये जिल्लाध्यक्ष चयन गरिने छ। स्थानीय र जनताका समस्या उठाउने नेताहरूलाई पार्टीले अगाडि बढाउने छ, उनीहरूलाई सशक्त बनाउने छ। यस अवसरमा मुकुल वासनिक, केसी वेणुगोपाल, शक्तिसिंह गोहिल, अमित चावडा, शैलेष परमार आदि उपस्थित थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande