सिलगढ़ीमा 908 ग्राम ब्राउन शुगरसितै तीनजना समातिए
सिलगढ़ीमा 908 ग्राम ब्राउन शुगरसितै तीनजना समातिए


सिलगढ़ी, 17 अप्रेल (हि.स.)। स्पेशल अपरेशन ग्रुप (एसओजी) औ माटीगाड़ा थानाको पुलिसले संयुक्त अभियान संचालन गरी 908 ग्राम ब्राउन शुगरसितै तीनजना तस्करहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा रहिम शेख, एमडी अमजद र अमर राउत सामेल छन्। रहिम शेख मालदा निवासी हुन् भने अमरे राउत र एमडी अमजद सिलगढ़ी निवासी हुन्।

सूत्र अनुसार एसओजीले गुप्त सूचनाको आधारमा माटीगाड़ा थानाको सहयोगमा बिहीवार अपरान्ह उत्तर बंगाल विश्वविद्यालय सामु अभियान संचालन गरी स्कुटीमा सवार तीनजना युवकहरूलाई समात्यो। यी युवकहरूसित जाँचबुझ गरेपछि स्कुटीको जाँच गर्दा 908 ग्राम ब्राउन शुगर भेटियो जसको अनुमानित बजार मूल्य करोड़ौं रुपियाँ रहेको छ।

जाँचबुझमा पुलिसले पत्तो लगायो, रहिम ब्राउन शुगर लिएर बस मार्फत मालदाबाट सिलगढ़ी आएका थिए। त्यसपछि उ अऩ्य दुईजना साथीहरूसित स्कुटीमा सवार भएर ब्राउन शुगरको डिलीभरी गर्न गइरहेका थिए। पुलिसले तीनैजनालाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गऱ्यो। आरोपीहरूलाई शनिवार सिलगढ़ी अदालतमा पेश गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande