गान्तोक, 19 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले पवित्र शिरडी साई धाम भ्रमण गरेर सिक्किमे समुदायको निम्ति पूजा-प्रार्थना गरेका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा पवित्र शिरडी साई धाम भ्रमण गर्ने र साई बाबा मन्दिरमा प्रार्थना गर्ने अवसर प्राप्त भएको बताएका छन्। उनले गहिरो भक्तिभावका साथ सुन्दर राज्य सिक्किम र शान्तिप्रिय मानिसहरूको पक्षमा आशीर्वाद मागेको जानकारी गराएका छन्।
साई बाबाले सिक्किमलाई मार्गदर्शन, सुरक्षा र आशीर्वाद प्रदान गरिरहुन् र सिक्किमे समुदायलाई शक्ति, सद्भाव र समृद्धिको आशीर्वाद दिइरहुन् भनी मुख्यमन्त्रीले प्रार्थना पनि गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल