भारतले शासन, पारदर्शिता र नवाचारमा नयाँ मानक स्थापित गरिरहेछ- प्रधानमन्त्री
भारतले शासन, पारदर्शिता र नवाचारमा नयाँ मानक स्थापित गरिरहेछ- प्रधानमन्त्री


नयाँ दिल्ली, 21 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार 17औं लोकसेवा दिवसको अवसरमा विज्ञान भवनमा लोक सेवकहरूलाई सम्बोधित गर्दै भारतले आज शासन, पारदर्शिता र नवाचारमा नयाँ मानक स्थापित गरिरहेको बताएका छन्। प्रधानमन्त्रीले यस अवसरमा लोक प्रशासनमा उत्कृष्टताको निम्ति प्रधानमन्त्री पुरस्कार पनि प्रदान गरे।

प्रधानमन्त्रीले भने, विश्व भारतमा निवेश गर्न उत्साहित छ र हामी यस अवसरलाई नगुमाऔं यो सुनिश्चित गर्ने हाम्रो काम हो। ब्लक एवं जिल्ला स्तरमा कुनै रेड टेपिजम नहोस्, यो सुनिश्चित गर्ने आवश्यकता छ ताकि हामी आफ्नो लक्ष्यहरूलाई प्राप्त गर्नसकौं। गत 10 वर्षमा देशको सफलताले विकसित भारतको आधारलाई मजबुत बनाएको छ।

योजनाहरू कतिको गहराईसम्म जनताबीच पुग्छ र त्यसको जमीनी स्तरमा कतिको वास्तविक प्रभाव परेको छ, यसमाथि शासनको गुणवत्ता निर्धारित हुँदछ। हामीले विभिन्न जिल्लाहरूमा यसको प्रभाव देखिरहेका छौं, स्कूलहरूमा उपस्थिति बढ़ाउनदेखि लिएर सौर उर्जालाई अपनाउञ्जेलसम्म, धेरै जिल्लाहरूले आफ्नो प्रतिबद्धताहरू पूरा गरेका छन् र धेरैलाई उसका प्रय़ासहरूका लागि मान्यता दिइएको छ।

प्रधानमन्त्रीले यस वर्षको लोकसेवा दिवसलाई विशेष बताए औं भने, यस साल संविधानको 75औं वर्ष हो र सरदार वल्लभभाई पटेलको 150औं जयन्तीको पनि वर्ष हो। उनले यस वर्षको लोकसेवा दिवसको थीम भारतको समग्र विकास तय गरिएकोमा पनि खुशी जाहेर गर्दै भने, यो केवल एक थीम होइन, यो राष्ट्रप्रति हाम्रो प्रतिबद्धता हो। समग्र विकासको अर्थ हो, कुनैपनि परिवार, नागरिक वा गाउँ पछाड़ी नछोड़ियोस्। वास्तविक प्रगति साना बदलावहरूबारे होइन, तर व्यापक स्तरमा सार्थक प्रभावबारे हो। हरेक घरमा स्वच्छ पानी हुनुपर्छ र हरेक नानीले गुणवत्तापूर्ण शिक्षा पाउनुपर्छ।

प्रधानमन्त्रीले भने, आज हामी एक यस्तो संसारमा बाँचिरहेका छौं, जुन तीव्र गतिमा बदलिरहेछ। हाम्रा वरिष्ठ प्रशासनिक अधिकारी र नीति-निर्माताले पुरानो प्रणालीहरूमाथि काम गर्नसक्दैनन्। यसैले गर्दा 2014 देखि नै व्यवस्थागत बदलावलाई सक्रिय रूपमा अगाड़ी बढ़ाइँदैछ। हामीले आफूलाई द्रूत गतिमा बदलि गरिरहेका छौं। भारतको आकांक्षी समाज चाहे त्यो युवा होस्, किसान होस् वा महिलाहरू- अभूतपूर्व सपना र महत्वाकांक्षाहरू बोकेका छन्। यी आकांक्षाहरूलाई पूरा गर्न हामीले उतिनै अभूतपूर्व गतिले प्रगति गर्ने आवश्यकता छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande