13 Apr 2025, 19:19 HRS IST

अमृतसरमा आईएसआईको एजेन्ट हतियारहरू सहित पक्राउ
अमृतसरमा आईएसआईको एजेन्ट हतियारहरू सहित पक्राउ


चण्डीग़ढ़, 06 अप्रेल (हि.स.)। पञ्जाब पुलिसले अमृतसरबाट पाकिस्तानी गोप्य एजेन्सी आईएसआईको एक एजेन्टलाई हतियारहरू समेत पक्राउ गरेको छ। आरोपीदेखि नगद पनि जफत गरिएको छ।

पञ्जाब पुलिस महानिदेशक गौरव यादवले आइतवार यसबारे भने, आरोपीदेखि एक ग्लक (9 एमएम पेस्तोल), एक .30 केलिबर पेस्तोल, 3 म्याग्जिन र दुई लाख 15 हजार 500 रूपियाँको नकली करेन्सी जफत गरिएको छ। आरोपीको पहिचान अमृतसर देहात क्षेत्र निवासी जरमन सिंहको रूपमा गरिएको छ।

डीजीपीले भने, आरोपी पाकिस्तानी एजेन्सी आईएसआईको निम्ति काम गरिरहेको थियो। सीमा पारीबाट तस्करी आतङ्की नेटवर्क विरूद्ध एक ठूलो सफलता हात लागेको छ। अमृतसर देहात पुलिसले जर्मन सिंहलाई हतियारहरू र नकली मुद्राको साथ पक्राउ गऱ्यो। प्रारम्भिक जाँचमा यो खेप क्षेत्रमा अशान्ति फैलाउन आईएसआईद्वारा पठाइएको थाहा लागेको छ। अमृतसरको घरिन्डा पुलिस थानामा एफआईआर दर्ता गरियो र अगाड़ीको जाँच जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande