सेना प्रमुखहरूले राष्ट्रपतिसॅंग भेट गरेर अपरेशन सिन्दूरको बारेमा जानकारी दिए
सेना प्रमुखहरूले राष्ट्रपतिसॅंग भेट गरेर अपरेशन सिन्दूरको बारेमा जानकारी दिए


नयॉं दिल्ली, 14 मई (हि.स.)। सीडीएस र तीनै सेना प्रमुखहरूले बुधवार राष्ट्रपति द्रौपदी मुर्मुलाई भेटेर आतङ्कवाद विरुद्ध भारतको सफल अपरेशन सिन्दूरको बारेमा जानकारी गराए।

चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल अनिल चौहान, थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, वायु सेना प्रमुख एयर चीफ मार्शल एपी सिंह र नौसेना प्रमुख एडमिरल दिनेश के. त्रिपाठीले बुधवार राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुसॅंग भेट गरे। राष्ट्रपति भारतीय सशस्त्र बलका कमाण्डर-इन-चीफ हुन्।

राष्ट्रपति भवन अनुसार, भेटघाटमा राष्ट्रपतिले सशस्त्र बलको बहादुरी र समर्पणको प्रशंसा गरिन् र उनीहरूको वीरताले आतङ्कवाद विरुद्ध भारतको प्रतिक्रियालाई ठूलो सफलता दिएको बताइन्।

उल्लेखनीय छ, 22 अप्रेलमा आतङ्कवादीहरूले जम्मू कश्मीरको पहलगाममा 26 निर्दोष नागरिकहरूको हत्या गरेका थिए। भारतीय सशस्त्र बलले पीडितहरूलाई न्याय दिलाउन अपरेशन सिन्दूर शुरु गर्‍यो र पाकिस्तान र पाकिस्तान अधिकृत कश्मीरमा नौ आतङ्कवादी शिविरहरू ध्वस्त पाऱ्यो। यसमा 100 भन्दा बढी आतङ्कवादीहरू मारिएका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande