हिसार, 18 मई (हि.स.)। पाकिस्तानी गोप्य एजेन्सीको निम्ति जासूसी गरेको शंकामा पक्रा परेकी हिसारकी यूट्यूबर ज्योति मल्होत्राबारे जाँचमा धेरै कुरा अघि आएको छ। ज्योति पाकिस्तानदेखि फर्केर चीन पनि गएकी थिइ। पाकिस्तानमा उसलाई कतैपनि आउने-जाने छूट थियो। त्यहाँ उसले सिक्योरिटी पाउँथिन् औ कुनै वीआईपी सरह उसलाई ट्रीट गरिन्थ्यो। शनिवार राति ज्योतिको घरको पनि तलाशी लिइयो।
हिसार पुलिस ज्योतिलाई रिमान्डमा लिएर सोधपुछ गरिरहेको छ। सुरक्षा एजेन्सीहरू र नियमानुसार साधारणतः कुनै भारतीय पाकिस्तान जाँदा पुलिस स्तरमा उसको निगरानी गरिन्छ। उ त्यही ठाउँ जानसक्छ, जसको उल्लेख भीसामा हुन्छ तर ज्योति पाकिस्तानमा हाईप्रोफाइल पार्टीहरूमा पनि सामेल हुन्थिन्। हिसार पुलिसको सोधपुछमा थाहा लागेको छ कि यी ठूला पार्टीहरूमा पाकिस्तानी गोप्य एजेन्सीहरूका ठूला अधिकारीहरूसित उसको भेट हुनेगर्थ्यो। उ पाकिस्तान बाहेक दुई पल्ट कश्मीर पनि गइसकेकी छन्।
जाँचमा यो पनि थाहा लागेको छ कि ज्योति गोप्य एजेन्सीका अधिकारीको साथ इन्डोनेशियाको बाली पनि घुमेर आइन् र नेपाल पनि गएकी थिइन्। पुलिसको भनाई छ, यद्यपि, बहाना यूट्यूबको निम्ति भीडियो बनाउने हुन्थ्यो तर ज्योतिको वास्तविक उद्देश्य भारतको गोप्य जानकारी एकत्र गरी पाकिस्तानलाई दिनुथियो।
सुरक्षा एजेन्सीहरूको जाँचमा थाहा लागेको छ कि ज्योति यस वर्ष 23 मार्चमा पाकिस्तानी एम्बेसी गएकी थिइन्। जहाँ उसले इफ्तार पार्टीमा हिस्सा लिइन्। उसले आफ्नो च्यानलमा यसको भीडियो पनि हालेकी थिइन्। जब उ एम्बेसी पुगिन् तब दानिशले धेरै फ्रेन्डली तरीकाले उसको स्वागत गऱ्यो। दुवैले एक-अर्कासित यसकी कुरा गरे कि एक-अर्कालाई धेरै नजिकबाट चिन्छन्। दानिशले उसलाई आफ्नो पत्नीसित पनि भेटाए। यस बाहेक त्यहाँ उपस्थित अधिकारीहरूसित पनि उसको कुरा भयो। यस इफ्तारमा ज्योतिले केही चीनी अधिकारीहरूलाई पनि भेटिन्। उसले यस पूरा भीडियोमा पाकिस्तानी एम्बेसीमा गरिएका व्यवस्थाहरूको जमेर सराहना गरेको देखिन्। उसले दानिशकी पत्नीलाई आफ्नो घर हिसारमा पनि आउने निम्तो दिइन्।
जाँचमा थाहा लाग्यो कि ज्योति अहिलेसम्म पाकिस्तान, चीन, नेपाल, थाइल्याण्ड, भोटान, इण्डोनेसिया समेत धेरै देशहरू गइसकेकी थिइन्। उसले आफ्नो सोशल मीडिया एकाउन्ट्समा दुबईको एमिरेट्सको फर्स्ट क्लासको श्रेणीको यात्राको फोटो पनि साझा गरेकी छन्। यस बाहेक उ चीनमा पनि यात्रामा वीवीआईपी सरह बसिन्। यसको विपरित भारत फर्केपछि उ साधारण केटी सरह बस्थिन्। पुलिस सूत्रहरूको भनाई छ, ज्योति सुरक्षा एजेन्सीहरूको रडारमा तब आइन् जब उसले वर्ष 2024 मा पाकिस्तान यात्रापछि तुरन्तै चीनको दौड़ाह गरिन्।
उसले अप्रेल 2024 मा लगभग 12 दिनको पाकिस्तानको यात्रा गरेकी थिइन्। त्यसपछि उ तुरन्तै जूनमा चीन गइन्। चीनमा उ ज्वेलरी शपदेखि लिएर धेरै ठाउँ लग्जरी गाड़ीहरूमा घुमिन्। यसबाट भारतको सुरक्षा एजेन्सीहरूको उसको उद्देश्य र खर्चालाई लिएर शंका भयो, जसपछि उ सुरक्षा एजेन्सीहरूको रडारमा आएकी थिइन् र फेरि उसको निगरानी शुरू गरिएको थियो।
उल्लेख्य, ज्योति मल्होत्रालाई शनिवार कोर्टमा पेश गरियो, जहाँबाट उसलाई पाँच दिनको रिमान्डमा पठाइयो। सुरक्षा एजेन्सीहरू र पलिसले आरोपीसित सोधपुछ गरिरहेको छ। हिसारमा उसको अरूसित यस प्रकारको सम्पर्क छ वा छैन, यसबारे पनि पुलिसले जानकारी जुटाउने प्रयास गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी