हैदराबाद, 18 मई (हि.स.)। पुलिसले हैदराबादमा आतङ्क मच्चाउने आईएसआईएसको योजनाको पर्दाफास गरी दुई जनालाई पक्राउ गरेको छ। पुलिसले दाबी गरेको छ कि सऊदी अरबबाट आईएसआईएस मोड्यूलले यिनीहरूलाई निर्देश दिएको थियो। पुलिसले यी दुवैसित सोधपुछ गरिरहेको छ।
पुलिसले सूचना पाएको थियो कि आतङ्की गतिविधिमा सामेल केही स्लीपर सेलका सदस्यहरूले हैदराबाद शहरमा धमाका गर्ने योजना बनाइरहेका छन्। यसपछि आन्ध्र प्रदेश र तेलङ्गाना पुलिसले संयुक्त अभियान चलायो। पुलिसले धमाकाहरूको योजना बनाउने आईएसआईएस मोड्यूलको अभियानलाई विफल तुल्याएर आइतवार दुई जनालाई पक्राउ गरेको छ। पुलिसले आन्ध्र प्रदेशको विजयनगरमबाट सिराज र हैदराबादबाट समीरलाई पक्राउ गरेको छ। पुलिसले यिनीहरूसित सोधपुछ गरिरहेको छ।
पुलिसको दाबी छ, सिराजले विजयनगरममा विस्फोटक किनेको थियो र उसले समीरको साथ मिलेर हैदराबादमा धमाकाको योजना बनाइरहेको थियो। जाँचमा पुलिसलाई थाहा लाग्यो कि आईएसआईएस मोड्यूलले सऊदी अरबबाट सिराज र समीरलाई धमाका गर्ने आदेश दिएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी