चण्डीगढ, 14 मई (हि.स.)। पाकिस्तानले लगभग 21 दिनपछि आज बीएसएफ जवान भारतीय सेनालाई सुम्पेको छ। धेरै पटक फ्ल्याग मीटिङपछि पाकिस्तानले बीएसएफ जवानलाई रिहा गर्ने निर्णय लिएको छ।
पश्चिम बंगालका निवासी जवान पूरनम कुमार शाले 23 अप्रेलमा भारत-पाकिस्तान अन्तरराष्ट्रिय सीमा नजिकै पेट्रोलिङ गर्दा गल्तिले सीमा पार गरेका थिए। यो घटना पञ्जाबको फिरोजपुर सेक्टर नजिकै भएको थियो। उनी बीएसएफको 73औं बटालियनमा तैनाथ छन्। सीमा पार गर्ने बित्तिकै पाकिस्तानी रेन्जरहरूले उनलाई पक्राउ गरे र सोधपुछको लागि आफ्नो हिरासतमा लिए। जवान बेपत्ता भएको केही समयपछि बीएसएफले आफ्नो समकक्षी पाकिस्तान रेन्जर्सलाई सम्पर्क गऱ्यो। त्यसपछि ती सिपाही पाकिस्तानको हिरासतमा रहेको पुष्टि भयो।
पूरनम कुमार शाको रिहाइको लागि भारत र पाकिस्तानबीच धेरै पटक फ्ल्याग मीटिङहरू भए। एउटा बैठकमा पाकिस्तानबाट कुनै पनि प्रतिनिधि आएनन्। यसैबीच, भारत र पाकिस्तानबीच तनाव बढ्यो र पाकिस्तान तर्फबाट सीमामा भारी गोलाबारी भयो। दुई देशबीच युद्धविराम भएपछि अब स्थिति सामान्य हुन थालेको छ।
भारतीय अधिकारीहरूको धेरै बैठक र हस्तक्षेपपछि बुधवार बिहान अमृतसरको अटारीमा रहेको संयुक्त चेकपोस्ट मार्फत पूरनम कुमार शालाई भारतलाई सुम्पियो। यो प्रक्रिया शान्तिपूर्ण र स्थापित प्रोटोकल अनुसार सम्पन्न भयो। दुई देशको सीमामा रहेका सुरक्षा निकायहरूबीचको समन्वयका कारण यो सम्भव भएको अधिकारीहरूले बताएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी