अपरेशन सिन्दूर आतङ्कवाद विरूद्ध अहिलेसम्मको सबैभन्दा ठूलो जवाफ- राजनाथ सिंह
रक्षा मन्त्री राजनाथ सिंह।


श्रीनगर, 15 मई (हि.स.)। रक्षा मन्त्री राजनाथ सिंहले 'अपरेशन सिन्दूर' आतङ्कवाद विरूद्ध अहिलेसम्मको सबैभन्दा ठूलो जवाफ हो र आतङ्कवादीहरूले 'धर्म' को आधारमा निर्दोषहरूको हत्या गरे र त्यस विरूद्ध कारबाही उनीहरूको 'कर्म' को आधारमा गरिएको बताएका छन्।

श्रीनगर पुगेको तुरन्तै राजनाथ सिंह बादामी बाग छावनी पुगे, जहाँ उनले सैनिकहरूलाई सम्बोधित गरे। 22 अप्रेलमा पहलगाम हमलाको प्रतिशोध लिन पाकिस्तान र पाक अधिकृत कश्मीरमा आतङ्की शिविरलाई लक्षित गर्न भारतद्वारा 'अपरेशन सिन्दूर' शुरू गरिएपछि जम्मू-कश्मीरको यो उनको पहिलो यात्रा हो। उपराज्यपाल मनोज सिन्हा, मुख्यमन्त्री उमर अब्दुल्ला, सेना प्रमुख र अन्य शीर्ष अधिकारी पनि उनको साथ थिए।

जवानहरूलाई सम्बोधित गर्दै राजनाथ सिंहले भने, म अपरेशन सिन्दूरको सफल संचालनको निम्ति जवानहरूको साहस र समर्पणको निम्ति देशवासीहरूको तर्फबाट बधाई र प्रशंसा व्यक्त गर्न एक डाकियाको रूपमा श्रीनगर आएको हुँ। मेरो भनाई छ, अपरेशन सिन्दूर भारतको तर्फबाट आतङ्कवादको अहिलेसम्मको सबैभन्दा ठूलो जवाफ हो। आतङ्कीहरूले धर्मको निम्ति निर्दोषहरूको हत्या गरे र हामीले उनीहरूको कर्मको निम्ति उनीहरूलाई नष्ट गऱ्यौं। प्रधानमन्त्री मोदीले आतङ्कवाद विरूद्ध नीतिलाई फेरि परिभाषित गरेका छन्। यदि कुनै प्रकारको पनि उल्लङ्घन भए पाकिस्तानलाई मुहतोड जवाफ दिइने समझौता भएको छ। कुनै प्रकारको पनि उल्लङ्घन सहन गरिनेछैन। आतङ्कवाद विरूद्ध कारबाही सख्त हुनेछ किनभने प्रधानमन्त्रीले नीतिलाई फेरि परिभाषित गरेका छन्।

उनले भने, बातचित र आतङ्कवाद एकसाथ चल्न सक्दैन र पाकिस्तानको साथ कुनैपनि बातचित केवल पाकिस्तानको कब्जा भएको जम्मू कश्मीर र आतङ्कवादमाथि नै हुनेछ। के पाकिस्तानसित परमाणु हतियार सुरक्षित छ भनी राजनाथले सोधे। उनले अन्तरराष्ट्रिय हस्तक्षेपको माग गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande