खरसाङ, 18 मई (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको सभा घुम्ती चियाबारीमा संयोजक सुमन गुरुङको अध्यक्षतामा सम्पन्न भयो। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा, देवेन्द्र सुब्बा, बसन्त राई, सुमन गुरुङ आदिले वक्तव्य राखेका थिए।
सभामा महानदी ग्राम पञ्चायतको पञ्चायत समिति सदस्या सरिता मुखिया, पञ्चायत सदस्या सुदेशना लेप्चा र सजित दर्नाल पनि उपस्थित रहेका थिए। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेश थापाको पहलमा घुम्ती चियाबारीको लागि युनिट कमिटी गठन गरियो। उक्त युनिट कमिटीमा सभापति देबेन्द्र सुब्बा, उप सभापतिद्वय प्रनिता थापा र सरोजा प्रधान, सचिव सुमन गुरुङ, सह सचिवद्वय सिमा भुजेल र प्रनिता प्रधान, कोषाध्यक्ष रुकेस थापा र सह कोषाध्यक्षा रञ्जना खवास साथै सल्लाहकारहरुमा सरिता मुखिया, सुदेशना लेप्चा, सजित दर्नाल, प्रवीण दर्नाल, जीवन प्रधान, बसन्त राई, निलेस खवास, जयराज थापा, निलम राई र उर्मिला राई लगायत 29 जनाको कार्यकारी सदस्यहरु चयन गरिएको छ।
हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन घुम्ती चियाबारीको युनिट कमिटीले चियाबारी श्रमिकहरुको हितमा कार्य गर्नेछ भनी संयोजक थापाले जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक