दार्जिलिङ, 18 मई (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति केन्द्रिय समितिको दिशानिर्देश अनुरुप दार्जिलिङ महकुमा समिति अधीनस्थ नागरी धजे समष्टिमा एक सांगठनिक सभा समष्टि युवा शक्ति अध्यक्ष कुसुम राईको अध्यक्षतामा सम्पन्न भयो।
केन्द्रिय युवा शक्ति प्रवक्ता अनित खातीले आफ्नो सम्बोधनमा वर्तमानमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सत्ता र संगठन लिएर हिँडेका मजबुत पार्टी रहेको बताउॅंदै भने, हामी मैदानमा छौं, तर विपक्षीहरू मोबाइलमा छन्। यसरी नै केन्द्रिय युवा शक्ति महासचिव सदीप प्रधानले पर्जापट्टाबारे बोल्दै एक जनाले 5 डेसिमल जमीन नै स्वीकार गरे 87 बटा बगानमा कति जमीन हाम्रो हुन्थ्यो भनी बताए। उनले संगठनलाई निःस्वार्थ युवाहरुको नितान्त आवश्यक रहेको पनि बताए।
केन्द्रिय उपाध्यक्ष अनुप गदालले लघु कथाको मिठो उदाहरण पेश गर्दै युवाहरु विकास उनीहरुको क्षमतामाथि निर्भर गर्छ भन्दै कर्ममा विश्वास गर्ने युवाहरूले नै सार्थकता पाउन सक्छ भनी बताए। सभालाई दार्जिलिङ युवा शक्ति संयोजक बिशाल थामी, केन्द्रिय समिति सदस्य सीडी राई अनि सभाका प्रमुख अतिथि समष्टि सभासद एवं केन्द्रिय पार्टी सदस्य अञ्जुल चौहानले पनि सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक