रंगबुल धोतरिय रंगमुक समष्टिमा युवा शक्तिको सांगठनिक सभा सम्पन्न
रंगबुल धोतरिय रंगमुक समष्टिमा युवा शक्तिको सांगठनिक सभा सम्पन्न


सोनादा, 18 मई (हि.स.)। रंगबुल धोतरिय रंगमुक समष्टिमा युवा शक्तिको सांगठनिक सभा आइतवार सम्पन्न भयो। समष्टि युवा शक्ति सभापति हिकमत राईको अध्यक्षतामा सम्पन्न उक्त सभामा केन्द्रिय युवा शक्ति अध्यक्ष अमृत योञ्जन प्रमुख अतिथि थिए।

सभामा प्रमुख अतिथि अमृत योञ्जनले देश तथा समाज परिवर्तनमा युवाहरूको अग्रणी भूमिकामा जोड दिॅंदै संगठनलाई थप सशक्त, क्रियाशील र परिणाममुखी बनाउन आह्वान गरे। उनले युवाहरूलाई सकारात्मक सोच, रचनात्मक क्रियाकलाप र सामाजिक उत्तरदायित्वप्रति सजग रहन प्रेरित गरे।

कार्यक्रममा चुङथुङ मारेबोङ समष्टिका सभासद तथा दार्जिलिङ महकुमा समिति युवा शक्ति संयोजक सन्दिप छेत्री, प्रनिल सुब्बा, सुदर्शन घिमिराज, विनोभा ओजा, केन्द्रिय युवा उपाध्यक्ष निरेन लामा, केन्द्रिय युवा शक्ति सदस्य छेरिङ भोटिया लगायत अन्य पार्टीका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

केन्द्रिय मिडिया सेलका अविशेक राई अनुसार, सभामा संगठन विस्तार, सदस्य सुदृढीकरण, प्रशिक्षण कार्यक्रम सञ्चालन, युवाहरूको स्वरोजगार र नेतृत्व विकासजस्ता महत्वपूर्ण विषयमा निर्णय लिइएको छ। सभाको अन्त्यमा सभाध्यक्षले समष्टिभित्रका विविध सामाजिक, शैक्षिक तथा आर्थिक विषयमा विचार आदान–प्रदान गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande