समग्र शिक्षाको पहलमा जिल्ला शैक्षिक सुधार कार्यक्रम आयोजित
समग्र शिक्षाको पहलमा जिल्ला शैक्षिक सुधार कार्यक्रम आयोजित


पाकिम, 08 मई (हि.स.)। पाकिम जिल्लाको शिक्षा विभागद्वारा समग्र शिक्षाको पहलमा जिल्ला शैक्षिक सुधार कार्यक्रम (डीएआईपी) अन्तर्गत उद्घाटन एवं समन्वय बैठक आज पाकिम जिल्लाको रुअर्बन कम्पलेक्स भवनमा आयोजना गरियो। उक्त कार्यक्रममा शैक्षिक संस्थानका वरिष्ठ शिक्षाविदहरूले विद्यालय व्यवस्थापन र शैक्षिक अभ्यासमाथि मन्तव्य प्रकट गरे।

यस अवसरमा शिक्षा विभागका संयुक्त निर्देशक बीपी शर्माले शैक्षिक क्षेत्रलाई बढावा दिनका साथै यसको निगरानी गर्नुपर्ने सबैको जिम्मेवारी रहेको बताए। कार्यक्रममा जिल्ला एमआईएस समन्वयक पीटी लेप्चाले शैक्षिक तथ्याङक प्रणालीबारेमा विस्तृतरूपमा जानकारी गराउँदै तथ्याङक-संचालित शैक्षिक योजनालाई सक्षम पार्न यूडीआएसई, आपार र ड्रपआउट ट्र्याकिङ प्रणाली जस्ता उपकरणको प्रभावकारी प्रयोगमाथि जोड दिए।

सोही प्रकारले सहायक निर्देशक तथा जिल्ला नोडल अधिकारी निर्मल शर्माको नेतृत्वमा पीएम पोषण योजनाबारेमा एक सत्र आयोजना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उनले भोजन, पोषण बगैंचा, सुदृढ भोजन र स्वास्थ्य तथ्याङ व्यवस्थापन जस्ता प्रमुख विषयमाथि ध्यान केन्द्रित गराए। सोही प्रकारले उपनिर्देशक गिता शर्माले कार्यक्रमको दृष्टिकोण र राष्ट्रिय शिक्षा नीति 2020 बारेमा जानकारी गराइन्।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande