खरसाङ, 9 मई (हि.स.) भारत र पाकिस्तानमाझ अहिले चलिरहेको युद्ध जस्ताे स्थितिबीच दोकानतिर सर-सामानहरुको दाम नबढाइदिने बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले अनुरोध गरेका छन्। उनले बजारमा दोकानेहरुलाई चलिरहेको खाद्यान्नको मूल्यभन्दा बेसी दाम नलिन र सम्बन्धित विभागले पनि यस विषयमा नजर राख्नु पर्ने निवेदन गरेका छन्।
बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले भारत सरकारले आतङ्कवाद विरूद्ध अपरेशन सिन्दूर चलाएकाेमा खुशी व्यक्त गर्दै समर्थन जनाएका छन्। उनले भारत सरकारले अपरेशन सिन्दूर चलाएर पहलगाम हमलाको बदला लिएकोमा संसारभरि छरिएर बसेका सामी लसखाङ गुम्बाको प्रमुखको नाताले समर्थन जनाएका छन्।
उनले आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर गाउँ घरका जनसाधारणलाई प्यानिक नभई बसिदिन साथै सही जानकारी लिनु पर्ने र अफवाहमा विश्वास नगर्न आह्वान गरेका छन्। उनले भारत सरकारको अप्ररेशनप्रति गोर्खाहरुले समर्थन जनाएको बताउँदै मानिसहरुले व्यक्तिगत रुपमा सहयोग गर्नु र्ने र सरकारले दिएको गाइड लाइनहरु पालन गर्नुपर्ने निवेदन पनि गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक