मणिपुरमा उग्रवाद तथा बलजफ्ती असुलीविरूद्ध सुरक्षा बलहरूको अभियान, 12 जना समातिए
मणिपुरमा उग्रवाद तथा बलजफ्ती असुलीविरूद्ध सुरक्षा बलहरूको अभियान, 12 जना समातिए


इम्फाल, 9 मई (हि.स.)। मणिपुरमा उग्रवादी संगठन तथा बलजफ्ती असुलीको नेटवर्कविरूद्ध सुरक्षा बलहरूले व्यापक कारबाही गर्दै उग्रवादीहरूलाई पक्राउ गरेका छन्। पुलिसले शुक्रवार बतायो, इन्टेलिजेन्स इनपुटको आधारमा इम्फाल, थौबल, बिष्णुपुर लगायत वरपरका क्षेत्रहरूमा सर्च तथा कम्बिंग अपरेशन संचालन गरियो।

अपरेशनको क्रममा थौबल जिल्लाको लामडिंग खुमंथेम लिकाईबाट प्रतिबंधित संगठन केसीपी (एमएफएल)- का चारजना सक्रिय सदस्यहरू क्रमैले निंगथौजम अमित्रा सिंह, फैरेम्बम मंगलमंगनबा मैतेई, चेसबा उमर अली औ युमनाम अंगाओसना सिंहलाई पक्राउ गरियो। आरोप छ, यिनीहरू बलजफ्ती असुली, अपहरण तथा सरकारी कार्यालय र वित्तीय संस्थानहरूलाई धम्की दिने जस्ता गतिविधिहरूमा सामेल थिए। यिनीहरूबाट एउटा देशी 9एमएम पेस्तोल, तीनवटा जिउँदो कारतूस, एउटा ग्रेनेड, मोबाइल फोन र सिम कार्ड जफ्त गरिएको छ।

इम्फाल वेस्ट जिल्लाको सेक्माई बजारबाट केसीपी (नोयन-एमएफएल)- का एकजना क्याडर युमनाम बिद्यासागर मैतेईलाई समातियो।

यस्तै अर्को अभियानमा पुलिसले लिलोंग ब्रिज (एनएच-102)-बाट अपहृत मो. सदाम हुसैनलाई मुक्त गरायो भने यूएनएलएफ (पी)- का तीनजना क्याडरहरू क्रमैले लैश्रम अमरजीत सिंह, खुमंथेम मोतीलाल सिंह एवं युमनाम हिटलर मैतेईलाई पक्राउ गऱ्यो। आरोपीहरूबाट एउटा 9 एमएम पेस्तोल, मोबाइल फोन, नगद, आधार कार्ट र चार चक्के वाहन जफ्त गऱ्यो।

पुलिसले खुमन लम्पक स्पोर्ट्स कम्प्लेक्स नजिकबाट केसीपी (पीडब्ल्यूजी)- का सदस्यद्वय सगोलसेम बोबो मैतेई र बिष्णुपुरबाट खुंद्रकपम नरेश सिंहलाई पक्राउ गरेको छ जो कथित रूपमा असुलीमा लिप्त थिए। इम्फाल ईस्टको नोंगरेन मानिंग लीकाईबाट पनि पुलिसले केसीपी (नोयन)- का अर्को एकजना सदस्य हिडम अबय सिंहलाई उसको घरबाटै पक्राउ गऱ्यो भने उसको मोबाइल फोन पनि जफ्त गऱ्यो।

वाहन अपराधहरूमाथि लगाम लगाउने उद्देश्यले संचालित विशेष राज्यव्यापी अभियानमा पुलिसले तीनवटा चोरीको वाहन जफ्त गऱ्यो भने 76 वटा वाहनहरूको कालो शिशा हटायो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande