गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अधीनस्थ सबै स्कूलहरू भोलिदेखि छुट्टीको आधिकारिक घोषणा
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अधीनस्थ सबै स्कूलहरू भोलिदेखि छुट्टीको आधिकारिक घोषणा


दार्जिलिङ, 9 मई (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) अन्तर्गत रहेका सबै विद्यालयहरूमा भोलिदेखि ग्रीष्मकालीन छुट्टी लागू हुने भएको छ। देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै जीटीएको शिक्षा विभागले आज एक आधिकारिक आदेश जारी गर्दै विद्यालयहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय लिएको हो।

शिक्षा विभागद्वारा जारी सूचनामा भनिएको छ, सबै सरकारी, सरकारी सहायता प्राप्त तथा निजी विद्यालयहरूमा भोलिबाट ग्रीष्मकालीन छुट्टी शुरु हुनेछ। छुट्टीको अवधि र विद्यालय पुनः सञ्चालनको मिति 2 जून, 2025 रहेको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande