कोलकाता, 9 मई (हि.स.)। जाली पासपोर्ट मामिलामा पक्रा पर्ने आजाद मलिकलाई लिएर अब राष्ट्रिय जाँच एजेन्सीहरूको चिन्ता गहिरिँदै गइरहेको छ। प्रवर्तन निदेशालय (ईडी)- को जाँचमा आरोपीको मोबाइल फोनबाट लगभग 20 हजार पृष्ठको सन्देहस्पद दस्तावेज जफ्त गरिएको छ। यस अतिरिक्त केही भीडियो फुटेज, तस्वीर अनि कोड भाषामा रेकर्ड गरिएको भोइस नोट्स पनि भेटिएको छ जसको गहन जाँच गरिँदैछ।
सूत्र मुताविक आज़ाद मलिक पछिल्लो 13 वर्षदेखिकै आफ्नो असली पहिचान लुकाएर भारतमा बस्दै आइरहेको थियो। उसले बंगलादेशी नागरिकको रूपमा उत्तर 24 परगना जिल्लाबाट अवैध रूपमा भारतमा प्रवेश गऱ्यो अनि एक दलालको माध्यमबाट जाली दस्तावेज बनाएर भारतीय पहिचान पत्र र पासपोर्ट हासिल गऱ्यो।
प्रारम्भमा मामिला केवल जाली दस्तावेज र पासपोर्टसित जोड़िएको थियो भने अब जाँच एजेन्सीहरूले आजाद मलिकको सम्पर्क पाकिस्तानी गुप्तचर एजेन्सीसित पनि हुनसक्ने सन्देहव्यक्तगरिरहेकाछन्। ईडी अधिकारीहरूले कोलकाता सत्र न्यायालयमा बताएका छन्, आरोपीको कब्जाबाट जफ्त गरिएको मोबाइल फोनमा सन्देहस्पद जानकारी तथा संवाद प्राप्त भएको छ जसमा केही कोडवर्ड्स पनि सामेल छन्। जाँच एजेन्सीहरू ती सम्वादहरूलाई डिकोड गर्नमा जुटेका छन्।
भनिन्छ, आजाद भारतमा बस्दै आइरहेको भए पनि भिन्न-भिन्न माध्यमहरूबाट पाकिस्तानको सम्पर्कमा थियो। ईडीलाई यस्ता धेरैवटा व्हाट्सएप ग्रुपको बारेमा जानकारी हात लागेको छ जसमा आजाद सामेल थियो। यी तथ्यहरूलाई अदालतमा प्रस्तुत गर्दै ईडीले आरोपीको पाँच दिनको हिरासतको माग गऱ्यो जसलाई सुनेपछि अदालतले आगामी 13 मईसम्म ईडी हिरासतको अनुमति दियो।
यो मामिला भारतको आन्तरिक सुरक्षाको दृष्टिले अत्यन्त संवेदनशील मानिँदैछ। ईडी र केन्द्रिय गुप्तचर एजेन्सीहरू यस कुराको सतहसम्म पुग्ने प्रयास गरिरहेका छन् कि के आजाद मलिकले साँच्चै नै पाकिस्तानको लागि जासुसी गरिरहेको थियो? यदि हो भने अहिलेसम्ममा उसले कुन-कुन सूचनाहरूलाई लीक गरिसकेको छ?
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा