गुवाहाटी, 9 मई (हि.स.)। भारत-पाकिस्तानबीच बढ़्दो तनाउ अनि अपरेशन सिन्दूरको पृष्ठभूमिमा असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले राज्यवासीहरूसित आगामी 10 मईदेखि रंगाली बिहु समारोहलाई रद्द गर्ने अपील गरेका छन्। उनले यो सन्देश मीडियाको माध्यमबाट जारी गरेका छन्।
मुख्यमन्त्रीले भने, वर्तमान राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै सबैले संयम अप्नाउँदै सामाजिक उत्सवहरूलाई स्थगित गर्नुपर्छ। उनले भने, यो समय भनेको ऐक्यवद्धता र होशियारीको हो।
उल्लेखनीय छ, गए बिहीवार राती पाकिस्तानले जम्मू, पञ्जाब र राजस्थानका कतिपय क्षेत्रहरूमा हमला गऱ्यो। भारतले एस-400 तथा 'आकाश' जस्ता एडभान्स एयर फिडेन्स सिस्टमको माध्यमबाट हरेक हमलालाई विफल बनाइदियो साथै जवाफी कारबाहीमा इस्लामाबाद, शियालकोट र लाहौरमा ड्रोन स्ट्राइक पनि गऱ्यो।
तनाउपूर्ण स्थितिलाई ध्यानमा राख्दै पञ्जाब, हरियाणा औ राजस्थानका स्कूल, कलेज एवं विश्वविद्यालयहरूलाई बन्द गरिएको छ। सरकारी अधिकारीहरूको छुट्टी पनि रद्द गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा