गुवाहाटी, 9 मई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व शर्माले शुक्रवार गुरुदेव रवीन्द्रनाथ टैगोरको जयन्तीमा उनलाई सादर नमन गरे। मुख्यमन्त्रीले भने, कविगुरु रवीन्द्रनाथ टैगोर युगौंदेखि प्रवाहित हुने एक आनन्दधारा हुन्। भारतीय साहित्य र संस्कृतिका विविध साधनादेखि लिएर समाज, दर्शन तथा राष्ट्रप्रेमको गहिराईसम्म टैगोरको उपस्थिति सम्पूर्ण विश्वको जनमानसमा कायम रहेको छ।
उनले भने, टैगोर भारतको मात्र नभएर सारा विश्वकै सांस्कृतिक धरोहर हुन्। उनको विचारले आज पनि मानवतालाई मार्गदर्शन गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा