कोलकाता, 09 मई (हि. स.)। रवीन्द्रनाथ ठाकुरको जयन्तीको अवसरमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले गुरुदेवलाई श्रद्धाञ्जलि अर्पण गर्दै एक भावनात्मक सन्देश साझा गरिन्। उनले भनिन्, 25 बैशाख (आजको बंगाली तारिक) मात्र नभएर हरेक दिन नै गुरूदेव हाम्रो जीवन, भाषा र आशामा जीवन्त छन्।
ममता ब्यनर्जीले आफ्नो आधिकारिक सोशल मीडिया अकाउण्टबाट रवीन्द्रनाथ ठाकुरको प्रसिद्ध कविता जहां मन में कोई भय ना हो... का केही पंक्तिहरू साझा गर्दै लेखिन्- कविगुरु रवीन्द्रनाथ ठाकुरको जन्मदिवसमा हाम्रा प्राणहरूको ठाकुरलाई हामी आफ्नो अन्तरतम श्रद्धा तथा प्रणाम अर्पण गर्दछौं।
उनले अझ लेखिन्, 25 बैशाख मात्र होइन, प्रतिदिन हामी उनलाई स्मरण गर्दछौं। हाम्रो दिशा, हाम्रो भाषा, हाम्रो आशा- हरेक चीजमा उनी नै छन्। आज सारा दुनियाँ उनका रचनाहरूको आलोकबाट आलोकित भइरहेको छ।
स्मरण गराइन्छ, कविगुरू रवीन्द्रनाथ ठाकुरको जन्म 7 मई, 1861-मा भएको थियो जुन बंगाली पंचाग अनुसार 25 बैशाख पर्दछ। यसै दिनलाई बंगाल सहित देश-विदेशमा 'रवीन्द्र जयन्ती'- को रूपमा मनइन्छ। ठाकुरका रचनाहरूले आज पनि सामाजिक , सास्कंृतिक तथा आध्यात्मिक चेतनालाई मार्गदर्शन गर्छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा