कोलकाता, 17 जून (हि.स.)। राज्यमा कोरोना संक्रमणको वर्तमान तस्वीरले चिन्ताजनक मोड़ लिरहेको छ। अहिलेसम्म मानिँदैथ्यो, कोरोना भाइरसबाट बाल-बालिकाहरू अपेक्षाकृत सुरक्षित छन्, तर ताजा आँकड़ाले यस धारणालाई गलत साबित गरिदिएको छ।
स्वास्थ्य भवन अनुसार, वर्ष 2025- को गत एक जनवरीदेखि नौ जूनसम्म पश्चिम बंगालमा कोरोना संक्रमणको मोठ मामिला 747 थियो। यिनीहरूमा 61 प्रतिशत रोगीहरू 60 वर्षभन्दा अधिक उमेरका छन् भने अन्य सबै बाल-बालिकाहरू छन्। ताजा आँकड़ा अनुसार संक्रमितहरूमा 22 प्रतिशतको उमेर 3 महिनादेखि 15 वर्षसम्मको छ। 48 देखि 60 वर्षसम्मका रोगीहरूको संख्या सात प्रतिशत छ। स्वास्थ्य अधिकारीहरूको भनाइ छ, यसपालिको लहरमा बाल-बालिकाहरूबीच संक्रमणको ग्राफ पहिलाको तुललनामा धेरै बढ़ी छ जुन महामारीको पहिलो तीन चरणमा कहिल्यै देखिएको थिएऩ।
स्वास्थ्य भवन अनुसार यस वर्ष कोरोना संक्रमित भएर अस्पतालमा भर्ती भएका रोगीहरूमा 78 प्रतिशत बुजुर्ग छन्। तर अब 3 महिनादेखि 15 वर्षसम्मका नानीहरूमा पनि गम्भीर लक्षण देखिँदैछ। अस्पतालमा भर्ती बाल-बालिकाहरूको संख्या यस वर्ष सात प्रतिशतसम्म पुगिसकेको छ।
विशेषज्ञहरू अनुसार कोरोनाको वर्तमान लहरको लागि ओमिक्रनको उपप्रजाति जेएन.1 तथा त्यसको अघिल्लो पिँढ़ी— एलएफ.7, एनबी.1.8.1 औ एक्सएफ़जी जिम्मेवार छ। यी भाइरसहरूको उपस्थितिमा स्पाइक प्रोटिनमा जीन म्यूटेशनको कारणले संक्रमणको दरलाई बढ़ाइ मात्र रहेको छन जबकि शरीरको इम्युनिटीलाई पनि छक्याउन सक्षम भएको छ। त्यसैले स-साना बाल-बालिकाहरू पनि अब यस भाइरसको चपेटमा परिरहेका छन्।
शिशुरोग विशेषज्ञ डा. पायल चौधुरीको भनाइ छ, “कोरोना भाइरस अब पहिलाभन्दा अधिक संक्रामक भएको छ, किनभने यसले शरीरको इम्युनिटीलाई सहजै धोका दिरहेको छ। तथापि सकारात्मक कुरा के छ भने संक्रमित बाल-बालिकाको मामिलामा केही दिनभित्रै ठिक भइरहेका छन्।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा