मुख्यमन्त्रीको तस्वीर राखेर पाकिस्तान जिन्दाबाद लेख्ने जाली फेसबुक युजर पक्राउ
मुख्यमन्त्रीको तस्वीर राखेर पाकिस्तान जिन्दाबाद लेख्ने जाली फेसबुक युजर पक्राउ


हाजो (असम), 17 जून (हि.स.)। हाजो पुलिसलाई एउटा ठूलो सफलता प्राप्त भएको छ। लामो समयदेखिको जाली फेसबुक अकाउण्ट बनाएर भारत विरोधी टिप्पणी गर्ने आरोपी शफिकुल अलीलाई पक्राउ गरिएको छ। आरोपीले फेसबुकमा असमका मुख्यमन्त्रीको तस्वीर राखेर “पाकिस्तान ज़िन्दाबाद” तथा “गौमांस ज़िन्दाबाद” जस्ता भड़काऊपूर्ण पोस्ट गरेको थियो। यति मात्र नभएर उसले हालैमा यस्तै एउटा पोस्ट गरेर हाजो पुलिसलाई चुनौती समेत दिएको थियो।

मामिलाको गम्भीरतालाई मध्यनजर गर्दै थाना प्रभारी रूपमा हजारिकाको नेतृत्वमा पुलिस टीमले तत्काल कारबाही गऱ्यो अनि 24 घण्टाभित्रै गुवाहाटीको नूनमाटी क्षेत्रबाट शपिकुल अलीलाई समात्यो।

आरोपी युवक मूकालमुवा थाना क्षेत्रको मुइपेनिर गाउँको हो। पुलिस सूत्र अनुसार उसले पहिला पनि हाजोको एकजना युवको नाममा नक्कली फेसबुक अकाउण्ट बनाएर असामाजिक पोस्ट गरिसकेको छ। तबदेखि नै उ भागेको थियो। पुलिसले आरोपीसित जाँचबुझ गरिरहेको छ। उसको सोशल मीडिया गतिविधिहरूसित सम्बन्धित अन्य पाटो र पक्षहरूको पनि जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande