खिदिरपुर अग्निकाण्ड 'म्यान मेड' हो: शुभेन्दु अधिकारी
खिदिरपुर अग्निकाण्ड 'म्यान मेड' हो: शुभेन्दु अधिकारी


कोलकाता, 17 जून (हि.स.)। खिदिरपुरमा आगो योजनाबद्ध ढंगमा लगाइएको थियो। यो म्यान मेड'' हो! राज्यका विपक्षी नेता शुभेन्दु अधिकारीले मंगलवार बिहान घटनास्थलको भ्रमण गरेपछि यस्तो विस्फोटक दाबी गरे। उनले मुख्यमन्त्रीमाथि लक्षित गर्दै भने, ममता ब्यनर्जी सबैका मुख्यमन्त्री हुन सक्दैनन्। गरीब व्यापारीहरूको पनि होइनन्।

वास्तवमा खिदिरपुर बजारमा गत आइतवार अबेर राती भएको भयानक आगलागीमा सयकड़ौं पसलहरू जलेर खरानी भएको छ। मंगलवार बिहानसम्म केही भागहरूमा आगो बलिरहेको थियो। सोमवार घटनास्थलको भ्रमण गरेर मुख्यमन्त्री ममता ब्यनर्जीले त्यहाँका व्यापारीहरूसित भनेकी थिइन्, यथाशीघ्र उनीहरूको लागि एक अस्थायी बजार निर्माण गरिनेछ। पूर्ण रूपमा पसल जलेका प्रभावित पसलेहरूलाई एक लाख रुपियाँ अनि आंशिक रूपमा जलेकाहरूलाई पचास हजार रुपियाँ दिइनेछ। तर क्षतिपूर्तिको राशिलाई लिएर व्यापारीहरूको एक वर्गमा असन्तोष व्याप्त भएको छ।

मंगलवार भाजपा विधायक शुभेन्दु अधिकारी घटनास्थलमा पुगे। उनले स्पष्ट आरोप लगाउँदै भने, यो आगो मानव निर्मित हो। यसलाई योजनाबद्ध ढंगमा लगाइएको थियो।। नेता प्रतिपक्षले यो पनि दाबी गरे, मुख्यमन्त्रीले एक विशेष वर्को लागि काम गरिरहेकी छन्। उब उनी सबैको मुख्यमन्त्री रहिनन्। त्यसैले राज्य सरकार निष्क्रिय भएको छ। अब मुख्यमन्त्रीमाथि मानिसहरूको भरोसा नै उठिसकेको छ। राज्यको सम्पूर्ण व्यवस्था चरमराएको छ।

आगलागीको घटनाको लागि पूर्ण रूपले ममता ब्यनर्जी सरकारलाई जिम्मेवार ठहराउँदै शुभेन्दुले दाबी गरे, घटनास्थलमा पुगेपछि मुख्मन्त्रीले भनिन्, पसलको लागि स्थान तय गरिएको छ। अर्थात सम्पूर्ण क्षेत्र बिक्री भएको छ। तृणमूलको अर्थ अब 'माँ-माटी-जनता' होइन, 'पैसा-हत्या-कम्पनी' भएको छ। शुभेन्दु अधिकारीले यो पनि भने, उनले यस सम्पूर्ण मामिलालाई विधानसभामा उठाउनेछन्। उनले आम मानिसहरूसित राजनीतिक झण्डालाई त्यागेर यसको विरोधमा एकजुट हुने अपील गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande