कुनै हिन्दूले मन्दिरमा गोमांस फाल्ने कुरा राहुल गान्धीले मात्र सोच्न सक्छन्ः मुख्यमन्त्री सरमा
कुनै हिन्दूले मन्दिरमा गोमांस फाल्ने कुरा राहुल गान्धीले मात्र सोच्न सक्छन्ः मुख्यमन्त्री सरमा


गुवाहाटी, 17 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्वा सरमाले मन्दिर बाहिर गाईको मासु फालिएको घटनालाई लिएर तीव्र प्रतिक्रिया व्यक्त गरेका छन्। मंगलवार एक संवाददाता सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफमा मुख्यमन्त्रीले भने, यस सन्दर्भमा हिन्दुहरूमाथि आरोप लगाउनु समाजमा साम्प्रदायिक तनाउ फैलाउने षड़यन्त्र हो र यस्तो मानसिकता राहुल गान्धीको मात्र हुनसक्छ।

डा. सरमाले भने, कुनै हिन्दू समाजको मानिसले नै मन्दिर अगाड़ि गाईको मासु राख्ने बारेमा सोच्छ भने उनीहरूलाई कुनै जवाफको आवश्यकता छैन। यसले मानसिक रूपमा विकृत सोचलाई दर्शाउँछ। उनले यस घटनाको पछाड़ि कुनै हिन्दू संगठन, भाजपा वा आरएसएसको हात रहेको सम्भावनलाई पूर्ण रूपले खारेज गरिदिए।

मुुख्यमन्त्रीले बताए, ईदको तुरून्तैपछ जनावरको सबै भाग भेटियो। स्थानीय मानिसहरूले पनि स्वीकार गरे कि यो कुनै भ्रमित युवकहरूको काम थियो। उनले भने, कुनै साँचो हिन्दू वा भाजपा-आरएसएस कार्यकर्ताले यस्तो गर्न सक्दैन। यो हाम्रो आस्था विरोधी छ।

मुख्यमन्त्रीले कंग्रेस औ राहुल गान्धीमाथि धारिलो प्रहार गर्दै भने, राहुल गान्धीको यो एउटा प्याटर्नै भएको छ कि जसले समाजलाई विभाजन गर्छ उसैको पक्षमा उभिने। यसबाट साम्प्रदायिक एकतालाई नोक्सान पुग्छ। कंग्रसले सदैव यस्तो तत्वलाई बचाउने काम गर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande