अगरतला, 20 जून (हि.स.)। त्रिपुराका चिया बगानहरूमा काम गर्ने श्रमिकहरूको दैनिक ज्यालालाई 16 प्रतिशत बढ़ाइएको छ। वयस्क श्रमिकहरूको लागि यो दर 176 रुपियाँदेखि बढ़ाएर 204 रुपियाँं बनाइएको छ भने अल्प वयस्क श्रमिकहरूको पनि 88 रुपियाँदेखि बढ़ेर 102 रुपियाँ पुगेको छ।
राजधानी अगरतलामा मीडियालाई सम्बोधन गर्दै राज्यका श्रममन्त्री टिंकु रायले भने, जनवरी 2018-मा राज्य सरकारले चिया बगानका श्रमिकहरूको लागि न्यूनतम मजदुरीमा संशोधन गरेको थियो जसमा वयस्कहरूको 105 रुपियाँदेखि 176 रुपियाँ अनि अल्प वयस्कहरूको 52 रुपियाँदेखि 88 रुपियाँसम्म समायोजित गरिएको थियो। उनले भने, राज्य सरकारले हालमा वेतन वृद्धिको लागि 46 सूरमा विधानसभा क्षेत्रका विधायक स्वप्न दास पालको अध्यक्षतामा दश सदस्यीय समिति गठन गऱ्यो।
वेतन संशोधनका सब पक्षहरूको समीक्षा गर्ने उक्त समितिले यस मामिलामा विचार-विमर्श गर्नको लागि गत 28 मईमा एक बैठक डाकिएको थियो। सबै प्रासंगिक कारकहरूमाथि सतर्कतापूर्वक विचार गरेपछि समितिले न्यूनतम वेदनमा 16 प्रतिशत वृद्धि गर्ने सिफारिस गऱ्यो जसको आधारमा त्रिपुरा सरकारले संशोधिन वेतन दरहरूलाई स्वीकृति दिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा