गान्तोक, 20 जून (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले 11औं विश्व योग दिवसको अवसरमा सम्पूर्ण सिक्किमवासीहरू र देशवासीहरूलाई हार्दिक शुभकामना दिएका छन्।
राज्यपालले आज जारी आफ्नो सन्देशमा भने, '11औं विश्व योग दिवसको अवसरमा म सम्पूर्ण सिक्किमवासीहरू र देशवासीहरूलाई शुभकामना दिॅंदछु। योग भारतको प्राचीन ज्ञान परम्पराको प्रतीक हो र आज योग मानवताको सार्वभौमिक कल्याणको प्रभावशाली माध्यम बनेको छ।'
राज्यपालले भने, 'योग केवल व्यायाम होइन, यो आत्मानुशासन, आत्म नियन्त्रण र आत्मनिरीक्षणको एक समग्र जीवन पथ हो। यो शरीर, मन र आत्मालाई एक लयमा बॉंध्ने प्रयास हो।'
राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा योगलाई अन्तरराष्ट्रिय स्तरमा मान्यता प्राप्त भएको र यो भारतको सांस्कृतिक सन्देशलाई विश्वभरि विस्तार गर्न प्रभावशाली माध्यम बनेको बताएका छन्। यसका लागि उनले प्रधानमन्त्रीलाई हार्दिक आभार प्रकट गरेका छन्।
राज्यपालले आफ्नो सन्देशमा भने, यस वर्ष योग दिवसको थीम 'योग— एक पृथ्वी, एक स्वास्थ्य' रहेको छ, जसले धरती र शरीरबीचको सन्तुलनलाई दर्साउनुका साथै समावेशी समाज र वैश्विक कल्याणको भावनालाई सुदृढ बनाउॅंछ। राज्यपालले यस अवसरमा आफ्नो जीवनमा योगलाई स्थान दिन संकल्प लिने आह्वान गरेका छन्। उनले योगको मूल भाव ‘वसुधैव कुटुम्बकम्’ लाई आत्मसात गरेर संवेदनशील र सन्तुलित समाजको निर्माणमा अझ धेरै योगदान दिन पनि आह्वान गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल