दुर्दशाको मार झेलिरहेको छ पाण्डुआको प्राथमिक विद्यालय
दुर्दशाको मार झेलिरहेको छ पाण्डुआको प्राथमिक विद्यालय


-छतबाट पानी चुहिरहेको छ, छाता ओड़ेर कक्षा संचालन गरिरहेका छन्

हुगली, 20 जून (हि.स.)। जिल्लाको पाण्डुआ ब्लकमा अवस्थित पाँचपाड़ा प्राथमिक विद्यालयले दुर्दशाको मार झेलिरहेको छ। सोशल मीडियामा उक्त स्कूलको तस्वीर भाइरल भएको छ जसमा शिक्षकहरूले छाता ओड़ेर पढ़ाइरहेका छन्। तथापि विद्यालयका प्रधान शिक्षक जयन्त गुप्ताले शुक्रवार हिन्दुस्थान समाचार -सित विशेष बातचित गर्दै भने, गत बुधवारसम्म छाता ओड़ेर नानीहरूको कक्षा संचालन गरियो। तर कक्षाको जर्जर अवस्थालाई ध्यानमा राखेर अब त्यसलाई परित्यक्त घोषित गरिएको छ।

वर्ष 1972-मा स्थापित यस स्कूलका तीनवटा कक्षाहरू जर्जर भइसकेका छन् जसबाट 5-10 वर्षका 68 जना बाल-बालिकाहरू असुरक्षित परिस्थितिमा पढ़िरहेका छन्। प्रधान शिक्षक जयन्त गुप्ताले भने, स्थिति खतरनाक छ। हरेक दिन यी छात्रहरू आफ्नो ज्यान खोजिममा राखेर स्कूल आउँछन्। विद्यालयमा चारवटा कक्षाहरू छन् जसमध्ये दुईवटाको स्थिति अत्यन्त जर्जर भइसकेको छ। दुईवटामा टीनको छानो छ जुन ठाउँ-ठाउँ चुहिने भएको छ। स्कूलका दुईवटा कक्षामा कंक्रिटको छत छ।

गुप्ताले बताए, बिहीवार पञ्चायत, बीडीओ अनि डीआई कार्यालयबाट अधिकारीहरू आएका थिए। उनीहरूले दुईवटा तिरपाल दिएर गएका छन्। उनीहरूले जर्जर कक्षामा नानीहरूलाई नपढ़ाउने आग्रह गरेका छन्। तिरपाललाई अहिलेसम्म लगाइएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande