सीवानमा बोले प्रधानमन्त्री मोदी- बिहारको प्रगतिमा ब्रेक लगाउनेहरूदेखि सतर्क रहुन्
मोदी


नयाँ दिल्ली, 20 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार बिहारको सीवानमा एक जनसभालाई सम्बोधित गर्दै राज्यको प्रगति र केन्द्र सरकारको योजनाहरूको लेखा-जोखा पेश गर्नका साथ विपक्षमाथि तीखो हमला गरे। उनले भने, बिहारले अब विकासको रफ्तार समातिसकेको छ र यसलाई कायम राख्न जनता सतर्क रहनुपर्छ।

प्रधानमन्त्रीले पुरानो समयको जंगलराजको याद दिलाउँदै भने, जसले पहिले जंगलराज ल्याएका थिए, उनीहरू फेरि आफ्नो पुरानो कृत्यलाई दोहोऱ्याउन अवसरको खोजमा छन्। उनीहरूले बिहारको आर्थिक संसाधनहरूमाथि कब्जा गर्न चाहन्छन्। यसको निम्ति हर सम्भव उपाय गरिरहेका छन्।

प्रधानमन्त्रीले राजद र कांग्रेसलाई लक्षित गर्दै जनतासित यस्ता तत्वहरूको पहिचान र उनीहरूलाई बिहारको समृद्धिको यात्रामा ब्रेक लगाउनदेखि रोक्ने अपील गरे। उनले भने, पंजा र लालटेनवालाहरूले मिलेर बिहारको गौरवलाई आघात पुऱ्याएका छन्। उनीहरूले यति लूटे कि गरीबी बिहारको पहिचान बनेको थियो तर अब बिहारमा परिवर्तन आइरहेको छ र यसको छवि बदली गर्नमा एनडीए सरकारको ठूलो भूमिका छ।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा यो पनि भने, उनी हालमा विदेश यात्राबाट फर्केका छन्, जहाँ भारतको तीव्र प्रगतिको वैश्विक स्तरमा सराहना गरिँदैछ। भारत विश्वको तेस्रो सबैभन्दा ठूलो आर्थिक शक्ति बन्ने दिशातिर अग्रसर छ र यसमा बिहारको ठूलो भूमिका हुनेछ।

यस अवधि उनले सीवानबाट बिहारको निम्ति धेरै विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गरे। उनले भने, गत 10 वर्षमा राज्यमा 55 हजार किमी ग्रामीण सड़कहरूको निर्माण भएको छ, 1.5 करोड़ घरहरूलाई बिजुली र पानीसित जोड़िएको छ र 45 हजारभन्दा धेरै कमन सर्विस सेन्टर बनाइएको छ।

उनले भने, गत एक दशकमा देशभरिमा 25 करोड़ मानिसले गरीबीलाई हराएका छन्, जसमा बिहारको भूमिका अहम रहेको छ। नीतीश कुमारको नेतृत्वमा राज्यमा जुन विकास भएको छ, त्यसको उदाहरण आज देश मात्र नभएर विश्वले पनि देखिरहेको छ। प्रधानमन्त्रीले बिहारवासीहरूलाई भरोसा दिलाए कि हाम्रो प्रयास अहिले रोकिएको छैन। म चुप लागेर बस्नेहरूमा होइन। बिहारको निम्ति अझ् पनि धेरै कुरा गर्नुछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande