बिकानेर, 22 जून (हि.स.)। सुप्रीम कोर्टकी अधिवक्ता नाजिया इलाही खानले आइतवार बिकानेरमा भनिन्, म 22 करोड़ मानिसहरूसित प्रश्न गर्न चाहन्छु कि उनीहरूको लागि संविधान पहिला हो वा इस्लाम? मलाई चुनाउमा उनीहरूको भोटको खाँचो छैन। मेरो पक्षमा देशका 120 करोड़ मानिसहरू छन्, थिए र रहनेछन्।
नाजिया इलाही खानले जिल्ला उद्योग संघ सभागारमा डा. श्यामा प्रसाद मुखर्जीको पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा मुख्य वक्ताको रूपमा सम्बोधन गरिरहेकी थिइन्। उनले पत्रकारहरूसितको बातचितमा आफ्नो विचारलाई खुलेर राखिन्।
उनले भनिन्, पश्चिम बंगालमा उनले धरातलीय स्तरमा काम गरेकी छन्। त्यहाँको स्थिति चिन्ताजनक हुँदै गइरहेको छ।कोलकाता मिनी पाकिस्तान बनिसकेको छ। बंगालको स्थिति दिन-प्रतिदिन सोचनीय हुँदै गइरहेको छ। बंगाललाई बचाउनु अब गाह्रो पर्नेछ।उनले यो पनि भनिन्, बंगाल र उनको सम्बन्ध नङ र मासु जस्तै छ जसलाई कसैले पनि अलग्गाउनु सक्दैन।
नाजियाले अझ भनिन्, बंगालको क्षेत्रीय भाषा अनि त्यहाँका समस्याहरूले राष्ट्रिय मीडियामा स्थान नैन पाउँदैनन् जसले गर्दा त्यहाँका जनताको आवाज दबिन्छ। उनले बजरंग दल तथा एबीवीपी जस्ता संगठनहरूको उल्लेख गर्दै भनिन्, यदि उनीहरूले एउटा आवाज उठायो भने लाखौं युवाहरू सड़कमा उत्रिनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा