गान्तोक, 24 जून (हि.स.)। सिक्किम सरकारको स्वास्थ्य विभागका मन्त्री जीटी ढुङ्गेलले आज स्वास्थ्य विभाग अन्तर्गत 893 कर्मचारीलाई नियमित आदेशहरू वितरण गरेका छन्। नियमितीकरण प्रक्रिया अन्तर्गत कूल 2,267 मामिलाहरू मध्ये स्वास्थ्य विभागले 893 कर्मचारीहरूको पहिलो समूहको लागि नियमितीकरणको आदेश जारी गरेको छ। बाँकी आदेशहरू क्रमबद्ध रूपमा आउँदो हप्ताहभित्र जारी गरिने स्वास्थ्य मन्त्री जीटी ढुंगेलले जानकारी गराएका छन्।
यस अवसरमा स्वास्थ्य विभागका सचिव छेवाङ ग्याछो भोटिया लगायत विभागीय अन्य अधिकारीहरू उपस्थित थिए। आज नियमित आदेश प्राप्त गर्नेहरूमा मुख्य कार्यालयमा 62, मंगन 77, सिङताम 186, नाम्ची 155, गेजिङ 176 र एसटीएनएम अस्पताका 237 जना कर्मचारीहरू रहेका छन्।
हिन्दुस्थान समाचार / बिशाल