मेघालयको पीआईबी मिडिया प्रतिनिधिमण्डलले भाइब्रेन्ट भिलेज तिङ्दाको भ्रमण गऱ्यो
मेघालयको पीआईबी मिडिया प्रतिनिधिमण्डलले भाइब्रेन्ट भिलेज तिङ्दाको भ्रमण गऱ्यो


गान्तोक, 12 फरवरी (हि.स.)। सिक्किममा आफ्नो चलिरहेको मिडिया एक्सपोजर भ्रमणको एक हिस्साको रूपमा मेघालयका पत्रकारहरूको एक प्रतिनिधिमण्डलले आज उत्तर सिक्किमको तिङ्दा गाउँको भ्रमण गऱ्यो, जुन भारत सरकारको भाइब्रेन्ट भिलेज कार्यक्रम अन्तर्गत पर्दछ। भ्रमणले पत्रकारहरूलाई दुर्गम सीमावर्ती गाउँहरूमा पूर्वाधार, सम्पर्क र जीविकोपार्जनका अवसरहरूलाई मजबुत पार्न गरिएका विकासात्मक पहलहरू प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर प्रदान गऱ्यो। उक्त जानकारी आज पीआईबीले दिएको छ।

भ्रमणको क्रममा, भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी) को 13औँ बटालियनका डेपुटी कमान्डेन्ट प्रशान्त कुमार सिन्हाले प्रतिनिधिमण्डललाई कार्यक्रमको उद्देश्य र कार्यान्वयन र सीमावर्ती क्षेत्रहरूमा विकासात्मक गतिविधि र सामुदायिक सहभागितालाई समर्थन गर्न आईटीबीपीले निर्वाह गरेको भूमिकाको बारेमा जानकारी गराए।

2023 मा केन्द्रिय गृह मन्त्री अमित शाहद्वारा भाइब्रेन्ट भिलेज कार्यक्रमको उद्घाटन गरिएको थियो र यो कार्यक्रमको पहिलो चरणमा तिङ्दा गाउँलाई सामेल गरिएको थियो, जुन उत्तरी सिमानामा अवस्थित गाउँहरूको समग्र विकासमा केन्द्रित छ।

सिन्हाले बताए अनुसार, यो कार्यक्रमले केन्द्र र राज्य सरकारका योजनाहरूको संतृप्ति सुनिश्चित गरेर र सड़क सम्पर्क, आवास, ऊर्जा, दूरसञ्चार, पर्यटन, कौशल विकास र जीविकोपार्जन जस्ता धेरै क्षेत्रहरूमा विकासलाई प्रवर्द्धन गरेर सीमावर्ती गाउँहरूलाई जीवन्त तथा आत्मनिर्भर समुदायमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ।

सिक्किम सरकारको ग्रामीण विकास विभागका सहायक निर्देशकले भ्रमण गर्ने पत्रकारहरूलाई ग्रामीण पूर्वाधार सुधार गर्न, जीविकोपार्जनका अवसरहरूलाई मजबुत पार्न र राज्यभरिका गाउँहरूमा सरकारी योजनाहरूको प्रभावकारी वितरण सुनिश्चित गर्न राज्य सरकारले कार्यान्वयन गरिरहेका विभिन्न विकास कार्यक्रम र कल्याणकारी पहलहरूको बारेमा पनि जानकारी गराए।

उनले थप उल्लेख गरे अनुसार, यो पहलले कृषि, बागवानी, हस्तकला र पारिस्थितिक पर्यटन जस्ता दिगो आर्थिक गतिविधिहरूको विकासलाई प्रोत्साहित गर्दछ, साथै कौशल विकास र उद्यमशीलताको माध्यमद्वारा स्थानीय समुदायहरूलाई सशक्त बनाउँछ।

सिन्हाले थप जनाए अनुसार, सीमावर्ती जीवन्त तथा आर्थिक रूपमा सक्रिय गाउँहरूको विकास विकासात्मक दृष्टिकोणबाट मात्र होइन तर रणनीतिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण छ, किनकि यसले मानिसहरूलाई यी दुर्गम क्षेत्रहरूमा बस्न जारी राख्न प्रोत्साहित गर्दछ र सीमावर्ती क्षेत्रहरूमा भारतको उपस्थितिलाई बलियो बनाउँछ।

भ्रमणको क्रममा तिङ्दा गाउँको ग्राम पञ्चायतका सभापतिले प्रतिनिधिमण्डललाई गाउँ र स्थानीय समुदायमा भाइब्रेन्ट भिलेज कार्यक्रमको प्रभावको बारेमा जानकारी गराए। उनले जानकारी दिए अनुसार तिङ्दा गाउँमा लगभग 213 घरधुरी छन् र लगभग 1,000 बासिन्दा बसोबास गर्छन् एवं धेरै विकास पहलहरूले गाउँलेहरूको लागि पूर्वाधार, सम्पर्क र जीविकोपार्जनका अवसरमा सुधार गर्न मद्दत गरेको छ।

पत्रकारहरूले गाउँले, स्थानीय प्रतिनिधि र समुदायका सदस्यहरूसँग पनि अन्तरक्रिया गरे, जसले सीमावर्ती गाउँमा बसोबासको बारेमा आफ्ना अनुभव साझा गर्नुका साथै भाइब्रेन्ट भिलेज कार्यक्रम अन्तर्गत विभिन्न सरकारी पहलहरूले ल्याएको परिवर्तनको बारेमा कुरा गरे। गाउँलेहरूले सम्पर्क, सरकारी योजनाहरूमा पहुँच र जीविकोपार्जनका अवसरमा सुधारबारे जानकारी गराउनुका साथै क्षेत्रमा थप विकासको बारेमा आशावादी रहेको विचार व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande