
गान्तोक, 12 फरवरी (हि.स.)। विद्या भारती सिक्किमको रजत जयन्ती समारोहलाई भव्यताका साथ सफल बनाउन द्रुत गतिमा तयारी चलिरहेको छ। यस क्रममा विभिन्न स्तरमा सम्पर्क, बैठक र योजनाहरू तयार गरिॅंदैछन्।
यसै प्रयासको एक भागको रूपमा आज पाकिम बजारमा एक महत्वपूर्ण परिचयात्मक बैठक सम्पन्न भयो। यस बैठकमा शहरका वरिष्ठजन, समाजसेवी तथा व्यवसायीहरूसॅंग सार्थक संवाद भएको विद्या भारती सिक्किमका कार्यालय सचिव सूर्य धितालले जानकारी गराएका छन्।
बैठकमा विद्या भारती सिक्किमका कार्य, संस्कारयुक्त शिक्षाको महत्व, समाजको सहयोग र रजत जयन्ती समारोहको विषयमा सकारात्मक चर्चा भयो। बैठकमा विद्या भारतीको पूर्व क्षेत्रका संगठन मन्त्री डा. आनन्द राव, प्रान्तीय अध्यक्ष सीके राई, महामन्त्री विजय कुमार शर्मा, संयोजक मोहन शर्मा तथा अन्य पदाधिकारीहरू उपस्थित थिए।
चर्चा अवधि भविष्यमा निरन्तर सम्पर्क कायम राख्न, पाचेखानी एवं माचोङस्थित सरस्वती विद्या निकेतनलाई सहयोग एवं मार्गदर्शन जस्ता महत्वपूर्ण विषयमाथि विचार विमर्श गरियो।
विद्या भारती सिक्किमले आफ्नो 25 वर्षको गौरवशाली यात्रालाई हर्षोल्लासका साथ मनाउने निधो गरेको छ। यस विषयलाई ध्यानमा राख्दै राज्यव्यापी स्तरमा विभिन्न उप समितिहरू गठन गरिएका छन्। रजत जयन्तीको मुख्य समारोह मार्च महिनाको अन्तिम साता आयोजन गर्ने योजना रहेको छ।
विद्या भारती सिक्किमले सबै शुभचिन्तकहरू, अभिभावकहरू, शिक्षकगण र विद्यार्थीहरूलाई यस ऐतिहासिक अवसरको साक्षी बन्न हार्दिक निमन्त्रणा गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल