इम्फाल, 8 जून (हि.स.)। मणिपुर सरकारले राज्यको खस्किँदो कानून-व्यवस्थालाई मध्यनजर गर्दै इम्फाल वेस्ट, इम्फाल ईस्ट, थौबल, काकचिंग र विष्णुपुर
जिल्लामा इन्टरनेट अनि मोबाइल डेटा सेवा जसमा वीएसएटी एवं वीपीएन सेवा सामेल छ, लाई आगामी पाँच दिनसम्मको लागि निलम्बित गर्ने आदेश जारी गरिएको छ। यो आदेश गए शनिवार राती 11:45 बजेदेखि प्रभावी भएको छ।
आदेश अनुसार सोशल मीडिया प्लेटफर्म्सको माध्यमबाट भड़काऊ सन्देश, हेट स्पीच तथा झुटो सूचनाहरू फैलाएको आशंका छ जसबाट सार्वजनिक भावना भड़्किनसक्छ साथै शान्ति भंग हुनसक्छ। प्रशासनले आशंका व्यक्त गरेको छ, यसबाट साम्प्रदायिक तनाउ अनि सार्वजनिक तथा निजी सम्पत्तिलाई नोक्सान पुग्नसक्छ।
राज्यका गृह विभागका कमिश्नर-कम-सचिव एन. अशोक कुमारद्वारा जारी उक्त आदेशमा भनिएको छ, अफवाह अनि उक्साहटपूर्ण गतिविधिहरूमाथि रोक लगाउनका लागि यो कदम उठाउन आवश्यक भएको छ। यो आदेशलाई “टेम्परेरी सस्पेन्शन अफ टेलीकम सर्भिसेज रूल्स- 2017” अन्तर्गत पारित गरिएको हो।
आदेशमा यो पनि स्पष्ट गरिएको छ, यो निर्णय तत्काल लागू गर्न तथा एकतर्फी लिइएको हो। यसलाई प्रेस अनि इलेक्ट्रनिक मीडियाको माध्यमबाट सार्वजनिक गरिनेछ। ती सरकारी एजेन्सीहरूलाई मात्र सेवाबाट छुट दिइनेछ जसलाई राज्य सरकारद्वारा विशेष रूपमा श्वेतसूचीबद्ध गरिएको छ।
कुनै पनि व्यक्तिद्वारा यस आदेशको उल्लंघन गरिएको खण्डमा कानूनी कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा