ईटानगर 1 जुलाई(हि.स)। अरुणाचल प्रदेश लोक सेवा आयोगल अरुणाचल प्रदेश लोक सेवा संयुक्त प्रतियोगी (मुख्य) परीक्षा-2024 को परिणाम घोषणा गरेको छ। परिणाममा 420 जना उम्मेद्वारले निर्धारित व्यक्तित्व परीक्षणको लागि अनुमति प्राप्त गरेका छन्। उनीहरूको अघिल्लो परीक्षा आगामी 30 जुलाईदेखि 9 अगस्त, 2025 सम्ममा हुनेछ।
आयोग द्वारा जारी अधिसूचना अनुसार अरुणाचल प्रदेश सरकार अन्तर्गत विभिन्न पदहरूमा भर्तीको लागि यस वर्ष गत 6, 7, 9 र 10 अप्रेलमा मुख्य परीक्षा आयोजना गरिएको थियो। पुलिस उपाधीक्षकको पदको लागि आवेदन गरेका उम्मेद्वारहरूले आगामी 15 र 16 जुलाई, 2025-मा पुलिस ट्रेनिंग सेन्टरमा शारीरिक परीक्षण अनि त्यसपछि 17 जुलाईदेखि नाहरलागुनमा मेडिकल टेस्टमा सामेल हुनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा