-रिषड़ा मातृ सदन अस्पतालमा मेडिक्लेमको सुविधा शुरूहुगली, 01 जुलाई (हि.स.)। डाक्टर्स डेको अवसरमा मंगलवार हुगली जिल्लाको रिषड़ा मातृ सदन अस्पतालमा पश्चिम बंगालका पूर्व मुख्यमन्त्री तथा महान चिकित्सक डा. विधान चन्द्र रायलाई श्रद्धाञ्जलि अर्पण गरियो। यस अवसरमा रिषड़ा नगरपालिकाका चेयरम्यान, अस्पताल प्रबन्धन तथा चिकित्सकहरूले डा. विधान चन्द्र रायले चिकित्सा क्षेत्रमा पुऱ्याएका योगदान तथा सामाजिक कार्यहरूलाई स्मरण गर्दै उनलाई नमन गरे।
कार्यक्रममा उपस्थित डाक्टर एवं स्टाफ सदस्यहरूले डा. रायको जीवन अनि उनका कार्यहरूमाथि प्रकाश पारे। रिषड़ा नगरपालिकाका चेयरम्यान विजय सागर मिश्राले बताए, डा. राय एकजना कुशल चिकित्सक मात्र नभएर एकजना संवेदनशील प्रशासक तथा प्रेरणादायक व्यक्तित्व पनि थिए। उनको स्मरणमा प्रतिवर्ष 1 जुलाईमा डाक्टर्स डे मनाइन्छ।
मिश्राले भने, आजदेखि रिषड़ा मातृ सदन अस्पतालमा मेडिक्लेमको सुविधा शुरू भएको छ। दुर्गा पूजाअघि यहाँ अर्थोपेडिक अपरेशन पनि शुरू हुनेछ। चाँड़ै नै अस्पतालमा ट्रामा केयर एम्बुलेन्स पनि हुनेछ।
अस्पताल परिसरमा आयोजित सामान्य, तर गरिमापूर्ण कार्यक्रममा डा. रायको चित्रमा र माल्यार्पण गरी उनलाई श्रद्धाञ्जलि अर्पण गरियो। साथै डाक्टरहरूको भूमिकालाई सम्मानित गर्द समाजमा उनको योगदानको पनि सराहना गरियो। यस अवसरमा लगभग सयजना डाक्टरहरूलाई सम्मानित गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा