कसबा ल कलेज सामूहिक दुष्कर्मकाण्डः परिस्थितिजन्य महत्वपूर्ण साक्ष्य जाँच टीमको हातमा पऱ्यो
कसबा ल कलेज सामूहिक दुष्कर्मकाण्डः परिस्थितिजन्य महत्वपूर्ण साक्ष्य जाँच टीमको हातमा पऱ्यो


कोलकाता, 01 जुलाई (हि.स.)। कसबा ल कलेजकी छात्रासित भएको ग्यांगरेप मामिलामा जाँच गरिरहेको पुलिस टीमले केही महत्वपूर्ण परिस्थितिजन्य प्रमाण फेला पारेको छ जुन पीड़िताको बयानसित मेल खा्छ। यो प्रमाण गत 25 जूनको साँझ भएको घटनामा पक्रा पर्ने तीनै आरोपीहरूमाथि लागेका आरोपहरूलाई पुष्टि गर्दछ।

जाँचमा सामेल एकजना अधिकारी अनुसार पहिलो महत्वपूर्ण प्रमाण कलेज परिसरमा रहेको सीसीटीभी क्यामराको फुटेज हो। यसमा यो स्पष्ट देखिेको छ, पीड़ितालाई कमन रूमबाट घिसार्दै गार्ड रूममा लगिन्छ जहाँ उसित यौन शोषणको घटनालाई परिणाम दिइन्छ।

दोस्रो साक्ष्य गार्ड रूममा रहेको दुईवटा बेञ्चहरूको स्थितिसित सम्बन्धित छ। दुवै बेञ्चलाई पंलग जस्तो आकृति बनाएर जोड़िएको थियो जसमाथि एउटा कपड़ा पनि ओछ्याइएको थियो। यसले त्यस स्थानको पुष्टि गर्दछ जहाँं घटना भएको थियो।तेस्रो महत्वपूर्ण प्रमाण आरोपीहरूको कपड़ासित जोड़िएको छ जुन उनीहरूले घटना घट्दा लगाएका थिए। यो कपड़ा जाँचमा महत्वपूर्ण पक्ष हुनसक्छ।

यस अतिरिक्त आरोपीद्वय जैब अहमद र प्रमित मुखर्जीको बयान पनि जाँचमा सहयोगी साबित भइरहेको छ। उनीहरूले स्वीकार गरेका छन्, यस सम्पूर्ण घटनालाई पहिला नै योजनाबद्ध ढंगमा परिणाम दिइयो जसमा तेस्रो आरोपी मनोजीत मिश्राले पीड़ितालाई लक्षित गऱ्यो। आरोप छ, यस सम्पूर्ण अपराधको भीडियो रेकर्डिंग गरेर पीड़ितासित ब्ल्याकमेल गर्ने योजना पनि बनाइएको थियो।

जाँच टीम यो पनि पत्तो लगाउन जुटेको छ, के त्यो भीडियो क्लिप अन्य कुनै व्यक्तिसम्म पुऱ्याइएको छ कि छैन। सूत्र अनुसार आरोपीहरूको मोबाइल फोनबाट केही आपत्तिजनक भीडियो क्लिपहरू जफ्त गरिएको छ विशेष मिश्राको फोनबाट जसले संकेत गर्दछ कि यिनीहरूलाई यस किसिमको अश्लील सामग्रीहरूको लत लागेको छ।

कलेज प्रशासनले पनि मामिलाको आन्तरिक अनुशासनात्मक कारबाही शुरू गरेको छ। कलेजका पूर्व छात्र अनि अस्थायी कर्मचारी मनोजीत मिश्रालाई पदबाट तत्काल हटाइएको छ भने अहमद र मुखर्जीलाई कलेजबाट निष्कासन गर्ने निर्णय लिइएको छ।

यद्यपि घटना घटेको चार दिन बितिसक्दा पनि मुख्यमन्त्री ममता ब्यनर्जीको पक्षबाट अहिलेसम्म कुनै प्रकारको बयान वा प्रतिक्रिया सामु आएको छैन। राज्यपाल सी.वी. आनन्द बोसले पनि अहिलेसम्म यस मामिलामा कुनै टिप्पणी गरेका छैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande