भोपाल, 1 जुलाई (हि.स.)। आज अर्थात 1 जुलाई राष्ट्रिय डाक कर्मचारी दिवस हो। यस दिनले डाक विभागसित जोड़िएका मानिसहरूको हाम्रो जीवनमा ठूलो योगदान छ भन्ने कुरालाई स्मरण गराउँछ। परिस्थिति जस्तो-सुकै भए पनि आवश्य पत्र, पार्सल आदि ठाउँसम्म पुऱ्याउँछ। अर्थात हाम्रो सहायताको लागि हरेक परिस्थितिमा तयार रहन्छ। मुख्मन्त्री डा. मोहन यादवले पनि यस विशेष अवसरमा डाक सेवासित सम्बन्धित कर्मचारीहरूको महत्वमाथि प्रकाश पार्दै उनीहरूलाई शुभकामना दिएका छन्।
मुख्यमन्त्री डा. यादवले सोशल मीडिया एक्समा आफ्नो शुभकामना सन्देशमा लेखेका छन्, राष्ट्रिय डाक कर्मचारी दिवसको हार्दिक बधाई अनि शुभकामना। डाक सेवा सुविधा वा व्यवस्था होइन जबकि समाजको यस्तो अभिन्न अंग हो जसले हामी सबलाई आपस्तमा जोड़ेर राख्छ। विपरीत परिस्थिति, प्रतिकूल मौसम तथा अन्य चुनौतीहरूको सामना गर्दै भए पनि डाक कर्मचारीहरूले हाम्रो पत्र, पार्सल, आवश्यक दस्तावेज आदि पुऱ्याउँछन्। यस्ता डाक कर्मचारीहरूलाई उनीहरूको समर्पणको लागि नमन गर्दछु।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा