सिलगढ़ी, 01 जुलाई (हि.स.)। सिलगढ़ी मेट्रोपोलिटन पुलिसको तर्फबाट एक जुलाईदेखि आगामी आठ जुलाईसम्म सड़क सुरक्षा सप्ताह कार्यक्रम आयोजना गरिनेछ। सोही कार्यक्रम अन्तर्गत जलपाईमोड़ ट्राफिक गार्ड क्षेत्रमा मंगलवार एक जागरूकता अभियान संचालन गरियो। यसको साथै एक निःशुल्क स्वास्थ्य जाँच अनि रक्तदान शिविरको पनि आयोजना गरियो जसमा स्थानीय मानिसहरू लगायत पुलिसकर्मीहरूले पनि भाग लिए।
यस कार्यक्रमको उद्घाटन सिलगढ़ी मेट्रोपोलिटन पुलिस कमिश्नर सी.सुधाकरले गरे। यस दिन जलपाई मोड़ ट्राफिक गार्डद्वारा जागरूकतामूलक टेबलहरूलाई सड़कमा उतारियो जसलाई पुलिस कमिश्नर सी. सुधाकरले हरियो झण्डा देखाए। यस अवसरमा डीसीपीस विश्वचाँद ठाकुर, जलपाई मोड़ ट्राफिक गार्डका आईसी औ ट्राफिक कर्मी उपस्थित थिए।
सिलगढ़ी मेट्रोपोलिटन पुलिस कमिश्नर सी. सुधाकरले भने, एक जुलाईदेखि आगामी आठ जुलाईसम्म सड़क सुरक्षा सप्ताह कार्यक्रम शहरका विभिन्न ट्राफिक प्वोइन्टहरूमा आयोजना गरिनेछ जसको शुरूआत जलपाई मोड़बाट भएको छ। यस विशेष सप्ताह अन्तर्गत आम मानिसहरूलाई ट्राफिक नियमहरूको बारेमा जानकारी गराइनेछ। साथै आम मानिसहरूलाई हेलमेट प्रदान गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा