तृणमूल युवा संगठनमा नौ दिनभित्रमा पुनः फेरबदल, हुगली-श्रीरामपुर जिल्लामा फेरियो अध्यक्ष
तृणमूल युवा संगठनमा नौ दिनभित्रमा पुनः फेरबदल, हुगली-श्रीरामपुर जिल्लामा फेरियो अध्यक्ष


-प्रियांका अधिकारीलाई दिइयो कमान

हुगली, 01 जुलाई (हि.स.)। तृणमूल कंग्रेसले हालैमा राज्य अनि जिल्ला स्तरमा आफ्नो संगठनमा व्यापक फेरबदल गरेको छ। यसै क्रममा पार्टीले आफ्नो युवा मोर्चामा केही नयाँ अनुहारलाई स्थान दियो। यस फेरबदल मात्र नौ दिनपछि हुगली-श्रीरामपुर सांगठनिक जिल्लामा पार्टीले फेरि अध्यक्ष पदमा फेरबदल गरेको छ जसबाट यो अड़कल तीव्र भएको छ, के शीर्ष नेतृत्व यस फेरबदलबाट पूर्ण रूपले सन्तुष्ट थिएन?

गत 21 जूनमा तृणमूलले राज्यका अन्य जिल्लाहरू सरह हुगली-श्रीरामपुर जिल्लाको लागि पनि युवा संगठनका पदाधिकारीहरूको सूची जारी गरेको थियो। यसमा अरिजीत ब्यानर्जीलाई जिल्ला युवा अध्यक्ष तथा प्रियांका अधिकारीलाई उपाध्यक्ष बनाइएको थियो। तर महिनाको अन्तमा मात्र नौ दिनपछि पार्टीले फेरि नयाँ सची जारी गऱ्यो जसमा प्रियांका अधिकारीलाई अध्यक्ष पदमा राखिएको छ भने अरिजीत ब्यानर्जीलाई प्रमोट गरेर पार्टीले युवा तृणमूलको राज्य स्तरीय 'सचिव'- को पदमा नियुक्त गऱ्यो।

अब यहाँ प्रश्न यो आउँछ, जिल्लामा उपाध्यक्ष पद हाल रिक्त छ र यसमा कसलाई आसिन गराउने हो हेर्न बाँकी नै छ।

अचानक भएको यस फेरबदललाई लिएर पार्टीको तर्फबाट कुनै स्पष्ट कारण बताइएको छैन। तर सूत्र अनुसार फेरबदलको पछाड़ि स्थानीय गुटबाजी अनि राजनीतिक समीकरण हुनसक्छ।

अरिजीत ब्यानर्जीलाई विधायक सुदीप्त रायको निकटवर्ती मानिन्छ भने प्रियांका अधिकारीलाई सांसद कल्याण ब्यानर्जीको विश्वासपात्र मानिन्छ।

यो गुटीय समीकरणले यस फेरबदलको पृष्ठभूमिमा एक महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ-

नयाँ जिम्मेवारी पाएपछि प्रियांका अधिकारीले भनिन्, यो पूर्ण रूपले पार्टी सुप्रिमो ममता ब्यानर्जी अनि अभिषेक ब्यानर्जीको फसेला हो। मलाई उपाध्यक्ष बनाउँदा पनि मैले विनम्रतापूर्वक स्वीकार गरेको थिएँ। आज पनि म त्यस्तै गर्छु।

अर्कोतिर पदबाट हटाइएको अरिजीत ब्यानर्जीले पनि शालीनता देखाउँदै भने, “म आभारी छु कि पार्टीले मलाई राज्य स्तरको जिम्मेवारी दिएको छ। म यस फसेलालाई शिर झुकाएर स्वीकार गर्दछु।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande