सिलगढ़ी, 01 जुलाई (हि.स.)। शहरको टिकियापाड़ा क्षेत्रबाट एकजना युवकको गलफन्दामा झुण्डिरहेको शव भेटियो। युवकको नाम कमल दास (21) हो जो पेशाले वाहन चालक थिए।
सूत्र अनुसार मंगलवार स्थानीय मानिसहरूले एकजना युवकलाई हाइड्रेनमाथि सिँढ़ीमा झुण्डिरहेको अवस्थामा देखे जसले गर्दा क्षेत्रमा व्यापक खैलाबैला भयो।
घटनाको खबर पाउनसाथ सिलगढ़ी पुलिस घटनास्थलमा पुग्यो। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि सिलगढ़ी अस्पतालमा पठाइदियो। यस घटनाको कारणले पीड़ित परिवारमा शोक व्याप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा