बेङ्गलुरू भगदड़ मामिलाः कैटले आईपीएस विकास कुमारको निलम्बन आदेशलाई रद्द गऱ्यो
आईपी


बेङ्गलुरू, 01 जुलाई (हि.स.)। केन्द्रिय प्रशासनिक न्यायाधिकरण (कैट) ले वरिष्ठ आईपीएस अधिकारी विकास कुमारको निलम्बन आदेशलाई रद्द गरेको छ। 03 जूनमा बेङ्गलुरूको चिन्नास्वामी स्टेडियम नजिक आईपीएलको जितको खुशीमा भएको भीषण भगदड़को क्रममा उनलाई निलम्बित गरिएको थियो। आईपीएस अधिकारीले आफ्नो निलम्बनलाई कैटमा चुनौती दिएका थिए।

न्यायमूर्ति बीके श्रीवास्तव र न्यायमूर्ति सन्तोष मेहराको अध्यक्षता रहेको कैटको पीठले मंगलवार यो आदेश जारी गऱ्यो र राज्य सरकारलाई विकास कुमारलाई उनको पूर्व पद, भत्ता र सुविधाहरू बहाल गरिने निर्देश दियो।

वरिष्ठ अधिवक्ता ध्यान चिन्नप्पाले विकास कुमारको तर्फबाट न्यायाधिकरण समक्ष दलीलहरू राखे, जबकि सरकारको तर्फबाट महाधिवक्ताले न्यायाधिकरणबाट थप समयको माग गरे। तर मामिलाको सुनवाईपछि न्यायाधिकरणको दुई सदस्यीय पीठ उनको निलम्बन सही सिद्धान्तहरू र प्रक्रिया अनुसार नगरिएको निष्कर्षमा पुग्यो। त्यसैले कैटले उनलाई उनको पूर्व पदमा बहाल गर्ने आदेश दियो।

वस्तुतः 3 जूनमा चिन्नास्वामी स्टेडियम र त्यसका वरपर क्षेत्रमा लाखौं प्रशंसक रोयल चेलेञ्जस बेङ्गलुरूको आईपीएलमा भएको जितको खुशी मनाउन एकत्र भएका थिए, सोही अवधि भगदड़ मचियो। भगदड़मा 11 जनाको मृत्यु भएको थियो जबकि 50 भन्दा अधिक मानिसहरू घाइते भएका थिए। आजपनि राजनीतिक र सार्वजनिक दुवै खेमामा यस घटनाको निम्ति जिम्मेवार को ? यसलाई लिएर बहस चलिरहेको छ।

घटनापछि विकास कुमारलाई अतिरिक्त पुलिस आयुक्त (पश्चिम सम्भाग) को पदबाट निलम्बित गरिएको थियो तर उनले यस कारबाही विरूद्ध कैटको ढोका ढकढकाएका थिए, जहाँबाट उनलाई ठूलो राहत मिलेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande