सिक्किमकी महिलाहरू राज्यको सामाजिक र आर्थिक प्रगतिको मेरुदण्ड हुन्: राज्यपाल
सिक्किमकी महिलाहरू राज्यको सामाजिक र आर्थिक प्रगतिको मेरुदण्ड हुन्: राज्यपाल


गान्तोक, 01 जुलाई (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुर मंगलवार एक आधिकारिक कार्यक्रमबाट फर्किने क्रममा राष्ट्रिय राजमार्गमा ग्रामीण महिलाहरूले जैविक मकै बिक्री गर्ने ठाउॅंमा आफ्नो वाहन रोकेर केही समय महिलाहरूसॅंग संवाद गरे। यस अवधि उनले महिलाहरूले बिक्री गरिरहेको मकै किनेर खाए।

राजभवनद्वारा आज जारी एक विज्ञप्ति अनुसार, यो झलक आत्मनिर्भर ग्रामीण अर्थव्यवस्थाको एक जीवन्त उदाहरण हो। राज्यपालले ग्रामीण महिलाहरूको परिश्रम र आत्मनिर्भरताको सराहना गर्दै भने, सिक्किमकी महिलाहरू राज्यको सामाजिक र आर्थिक प्रगतिको मेरुदण्ड हुन्। 'वोकल फर लोकल' र 'सस्टेनेबल एग्रीकल्चर' जस्ता राष्ट्रिय अभियानहरूलाई यस्ता पहलहरूले बल पुग्छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande