केन्द्रिय मन्त्री चिराग पासवानलाई 20 जुलाईसम्म बमले उड़ाउने धम्की
चिराग


पटना, 12 जुलाई (हि.स.)। केन्द्रिय मन्त्री एवं लोजपा (रा) का राष्ट्रिय अध्यक्ष चिराग पासवानलाई एक इन्स्टाग्राम अकाउन्टबाट 20 जुलाईसम्म बमले उड़ाउने धम्की दिइएको छ। जमुई सांसद एवं चिराग पासवानका भेनाले एक्स पोस्टमा यसको निम्ति राजदमाथि आरोप लगाएका छन्।

पटनाको साइबर थानामा लोजपा (रा) का मुख्य प्रवक्ता राजेश भट्टले यसमा प्राथमिकी दर्ता गराएका छन्। चिरागले धम्की पाएपछि पार्टीमा खैलाबैला मचेको छ। भट्टले भने, यू-ट्यूबर दक्षाप्रियाको इन्स्टाग्राम अकाउन्टको कमेन्ट्स सेक्शनमा टाइगर मेराज इदिसीले चिराग पासवानलाई बमले उड़ाएर ज्यानले मार्ने धम्की दिएको छ। उनले पुलिससित संदिग्धलाई तुरन्तै पक्राउ गरिने माग गरेका छन्।

जमुई सांसद अरूण भारतीले एक्स पोस्टमा भनेका छन्, अप्रत्याशित हारको डरले आत्तिएको राजदले बिहारमा जंगलराज 2.0 ल्याउन चाहन्छ। यसैले राजदको आपराधिक तत्वले चिराग पासवानलाई बमले उड़ाउने धम्की दिइरहेको छ। सांसद भारतीले राज्य सरकारसित चिराग पासवानको सुरक्षा बढ़ाइन र उनलाई बुलेटप्रूफ गाड़ी उपलब्ध गराइने माग गरेकी छन्। उनले भनिन्, चिराग पासवान सिंहको छोरा हो। न कसैसित डराएको छ न त डराउनेछ। बिहारको निम्ति बाँच्नेछ। बिहारको निम्ति मर्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande