नयाँ दिल्ली, 12 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार रोजगार मेलामा भीडियो कन्फ्रेन्सिङको माध्यमले विभिन्न सरकारी विभागहरू र संगठनहरूमा नियुक्त भएका युवाहरूलाई 51 हजाऱभन्दा अधिक नियुक्ति पत्र वितरित गरे। यस पाली 16औं रोजगार मेला देशभरिका 47 ठाउँमा आयोजित गरियो।
यस अवसरमा प्रधानमन्त्री मोदीले भने, आज 51 हजारभन्दा अधिक युवाहरूलाई नियुक्ति पत्र प्रदान गरिएको छ। यस्ता रोजगार मेलाहरूको माध्यमले अहिलेसम्म लाखौं नौजवानहरूलाई भारत सरकारमा स्थायी नोकरी प्राप्त भइसकेको छ। अब यी नौजवानहरू राष्ट्र निर्माणमा ठूलो भूमिका निभाइऱहेका छन्। युवाहरूलाई नियुक्ति पत्र दिने अभियान लगातार जारी छ र बिना पर्चा बिना खर्चाको नोकरी हाम्रो पहिचान पनि हो।
प्रधानमन्त्रीले आफ्नो पाँच देशको हालको यात्राको उल्लेख गर्दै भने, हामीले अन्य देशहरूको साथ जेपनि समझौता गरेका छौं, त्यसबाट हाम्रा युवाहरूलाई निश्चित रूपमा लाभ मिल्नेछ। आज विश्वले भारतसित दुई असीमित शक्ति रहेको स्वीकार गरेको छ। एक डेमोग्राफी र दोस्रो डेमोक्रेसी अर्थात् सबैभन्दा ठूलो युवा जनसंख्या र सबैभन्दा ठूलो लोकतन्त्र।
उनले भने, स्टार्टअप्स, इनोवेशन र रिसर्चको जुन इकोसिस्टम आज देशमा बनिरहेको छ, त्यसले देशका युवाहरूको सामर्थ्य बढ़ाइरहेको छ। भारत सरकारको जोड प्राइवेट सेक्टरमा रोजगारको नयाँ अवसरहरूको निर्माणमाथि पनि छ। हालमा सरकारले रोजगारसित जोड़िएको प्रोत्साहन योजनालाई स्वीकृति दिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी