तामुलपुरको खण्डाजन नदीमा भेटिएको मोर्टरलाई सेनाले बनायो निष्क्रिय
तामुलपुरको खण्डाजन नदीमा भेटिएको मोर्टरलाई सेनाले बनायो निष्क्रिय


तामुलपुर, (असम), 14 जुलाई (हि.स.)। तामुलपुर जिल्लाको नागरीजुली थाना अन्तर्गत बिमलानगर गाउँमा भेटिएको शक्तिशाली मोर्टारलाई आज सेनाको वम निरोधक दलले निष्क्रिय बनाइदियो।

उल्लेखनीय छ, बिमलानगरको पुराने फायरिंग रेञ्जक्षेत्रमा खण्डाजान नदीको कटाउग्रस्त क्षेत्रमा हिजो स्थानीय मानिसहरूले एउटा मोर्टारलाई देखेपछि तुरून्त पुलिसलाई सूचित गरिदिए। हिजो दिनभरि नै पुलिस र एसएसबीको निगरानीमा उक्त मोर्टारलाई राखियो। सक्रिय 81 मिमीको उक्त मोर्टारलाई आज चांगसारीबाट आएको सेनाको बम निरोधक दलले आफ्नो निगरानीमा निष्क्रिय बनाइदियो।

तामुलपुर जिल्लाका वरिष्ठ पुलिस अधीक्षक दिगंत कुमार चौधरी अनुसार आज बिहान 11.20 बजे सेनाको टीमले मोर्टारलाई सफलतापूर्वक निष्क्रिय बनािदियो। यस अवधि पुलिस, एसएसबी र स्थानीय ग्राम प्रधान उपस्थित थिए। क्षेत्रमा पूर्ण रूपले सुरक्षा अनि सतर्कता अप्नाइयो ताकि आम नागरिकहरूलाई कुनै प्रकारको हानि नहोस्।

क्षेत्रका जनताले प्रशासनको सतर्कता अनि सुदृढ़ व्यवस्थाको सराहना गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande