कोलकाता, 14 जुलाई (हि.स.) । पूर्व मेदिनीपुर जिल्लाको खेजुरी क्षेत्रमा दुईजना मानिसहरूको संदिग्ध परिस्थितिमा मृत्यु भएको घटनाको विरोधमा भारतीय जनता पार्टी (भाजपा)-द्वारा डाकिएको 12 घण्टाव्यापी बन्द अवधि सोमवार ठूलो बबाल भयो। प्रदर्शनकारीहरूको पुलिससित झड़प भयो। कतिपय स्थानहरूमा सड़कहरूलाई अवरूद्ध गरियो।
जानकारी मुताविक गत शुक्रवार राती खेजुरीको जनका क्षेत्रमा मोहर्रम कार्यक्रममा सामेल हुन गएका सुजीत दास (23) र सुधीर चन्द्र पाइक (65)-को मृत्यु भएको थियो। यस मृत्युको घटनालाई लिएर विरोध तीव्र भएको छ। राज्य विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले आरोपलगाए, स्थानीय एकजना तृणमूल कंग्रेसका नेता लगायत अन्य सातजनाले कुटेरै दुवैको हत्या गरे। तथापि पुलिसको भनाइ छ, दुवैको मृत्यु ल्याम्पोस्टबाट झरेको ह्यालोजन लाइटको चपेटमा परेर भएको हो। मृतकहरूको शवमा कुनै प्रकारको कुटेको वा हतियारको चोट पाइएको छैन।
मामिलाको विरोधमा भाजपाले सोमवार बन्द डाक्यो। बन्द अवधि पार्टी समर्तकहरूले सड़कमा रूख तेर्साएर घण्टौंसम्म यातायातलाई बाधित तुल्याए। पुलिसद्वारा अवरोधलाई हटाइने चेष्टा गरिँदा प्रदर्शनकारी र पुलिसमाझ झड़प भयो। यस अवधि आठजना बन्द समर्थकहरूलाई पक्राउ गरियो। एउटा ट्रक सहित केही वाहनहरूमा तोड़फोड़ पनि गरियो।
बन्दको कारणले जनजीवनमाथि व्यापक प्रभाव पऱ्यो। अधिकांश दोकानपाट बन्द रहे भने सार्वजनिक परिवहन पनि प्रभावित भयो जसबाट आम मानिसहरूलाई ठूलो नोक्सान बेहोर्नुपऱ्यो।
स्थितिलाई नियन्त्रण गर्नको लागि भारी मात्रामा पुलिस बललाई तैनाथ गरिएको छ। भाजपा विधायक शान्तनु प्रमाणिकले दाबी गरे, बन्दलाई आम जनताको समर्थन प्राप्त भयो र सम्पूर्ण खेजुरी क्षेत्रठप्प रह्यो। शुभेन्दु अधिकारीले क्षेत्रमा पदयात्रा निकाले साथै आरोपीहरूविरूद्ध हत्याको मामिला दर्ता गराउने माग गरे। यसरी नै भाजपा कार्यकर्ताहरूले पुलिसमाथि स्थानीय मानिसहरूलाई सताएको आरोप लगाउँदै भने, यो बन्दले आम जनताको अस्तुष्टिलाई दर्शाउँछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा