दक्षिण 24 परगना, 14 जुलाई (हि.स.)। पश्चिम बंगालको प्रसिद्ध समुद्री पर्यटन स्थल बकखालीमा समुद्र स्नान गर्दै गर्दा बेपत्ता भएका युवकको शव सोमवार नामखाना थाना अन्तर्गत पातिबुनिया क्षेत्रमा भेटियो। शवलाई पुलिस अनि आपदा प्रबन्धन बलले संयुक्त रूपमा खोजेर निकालेको हो।
मृतकको पहिचान इम्ताजुल आरसिनको रूपमा भएको छ जो दक्षिण 24 परगनाको मल्लिकपुर क्षेत्र निवासी थिए। जानकारी अनुसार शनिवार इम्ताजुल आफ्ना साथीहरूसित भाड़ाको वाहनमा बकखाली घुम्न गएका थिए।
आइतवार साँझ इम्ताजुल आफ्ना चारैजना साथीहरूसित समुद्रमा स्नान गर्न गएका थिए। केही समयपछि तीनजना साथीहरू सुरक्षित फर्किए, तर इम्ताजुल समुद्रको तीव्र छालमा बगेर बेपत्ता भए।
घटनाको सूचना पाउनसाथ स्थानीय प्रशासन अनि लाइफगार्डहरूको मद्दतले खोजी कार्य शुरू गरियो। तथापि आइतवार रातीसम्म युवकको बारेमा केही पत्तो लाग्न सकेको थिएन। सोमवार अपरान्हसम्म रेसक्यु अपरेशन जारी रह्यो जसमा समुद्रभित्र गोताखोरहरूद्वारा खोज तलास अनि सतहमा निगरानी दुवै सामेल थिए।
अन्ततः नामखानाको पातिबुनिया क्षेत्रमा युवकलाई भेटियो, तर त्यस बेलासम्ममा युवकको मृत्यु भइसकेको थियो। यस घटनाको कारणले सम्पूर्ण क्षेत्रमा शोकव्याप्त भएको छ। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर अग्रिम कानूनी कारबाही गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा