डिगबोईमा ओयल ट्यांकरमा भयानक विस्फोट, दुई घाइते
डिगबोईमा ओयल ट्यांकरमा भयानक विस्फोट, दुई घाइते


डिब्रुगढ़ (असम), 14 जुलाई (हि.स.)। असमको डिगबोईस्थित रामनगर क्षेत्रमा सोमवार एउटा ओयल ट्यांकरमा भयानक विस्फोट भयो जसमा दुईजना मानिसहरू गम्भीर रूपमा घाइते भए। घाइतेहरूलाई उपचारकोलागि अस्पतालमा भर्ती गराइएको छ।

स्थानीय पुलिस अनुसार दुर्घटना त्यसबेला भयो जतिबेला स्थानीय ग्यारजमा ट्यांकरको वेल्डिंग मरम्मत गरिँदैथ्यो। वेल्डिंग गर्ने क्रममा एएस- 07 सी 5132 नम्बरधारी ट्यांकरमा अचानक तीव्र विस्फोट भयो। यस दुर्घटनामा चालकसुनिल बोरा (51) र म्याकेनिक उमेश सिंह (46)-लाई गम्भीर चोल लाग्यो विशेष उनीहरूको अनुहार र शरीरभरि चोट लागेको छ।

विस्फोट हुँदा घटनास्थलमा उपस्थित अन्य श्रमिकहरू भने भाग्यले बचे। प्रारम्भिक रूपमा अत्यधिक ज्वलनशील ट्यांकरमा सुरक्षा मानदण्डहरूलाई गम्भीर अदेखा अनि अनधिकृत मरम्मतको कारणले यस्तो दुर्घटना भएको कुरा पत्तो लागेको छ। यो वाहन लखिमपुर जिल्लाको दोयमुखसित सम्बन्धित छ।

घटनाको सूचना पाए लगत्ता डिगबोई पुलिस घटनास्थलमा पुग्यो अनि दुवै घाइतेहरूलाई प्राथमिक उपचार गराएपछि उन्न उपचारको निम्दि डिब्रुगढ़ अस्पतालमा भर्ती गराइएको छ। पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande