प्रधानमन्त्री नरेन्द्र मोदीको ऱ्यालीमा सामेल हुनेछन् दिलीप घोष, अड़कलहरू तीव्र
प्रधानमन्त्री नरेन्द्र मोदीको ऱ्यालीमा सामेल हुनेछन् दिलीप घोष, अड़कलहरू तीव्र


कोलकाता, 14 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 18 जुलाई (शुक्रवार)-का दिन पश्चिम बंगालको दुर्गापुरमा एक विशाल जनसभालाई सम्बोधन गर्न गइरहेका छन्। आगामी राज्य विधानसभा चुनाउलाई मध्यनजर गर्दै प्रधानमन्त्रीको यो दौड़ाहलाई राजनीतिक दृष्टिकोणमा महत्वपूर्ण मानिँदैछ। तथापि यस जनसभाभन्दा अधिक चर्चाको केन्द्र बन्न पुगेका छन् भाजपाका वरिष्ठ नेता तथा मेदिनीपुरका पूर्व सांसद दिलीप घोष।

पछिल्ला दिनहरूमा दिलीप घोषको दिलीप दौड़ाह अनि भाजपाका केन्द्रिय नेताहरूसित भएको भेटवार्तापछि यो अड़कल लगाइँदैथ्यो कि दुर्गापुरकोऱ्यालीमा उनले प्रधानमन्त्री मोदीसित मञ्च साझा गर्नेछन् कि छैनन्। उनले दिल्लीमा पार्टीका राष्ट्रिय संगठन महामन्त्री शिवप्रकाश सहित केही शीर्ष नेताहरूसित भेट गरेका थिए जसबाट उनको सक्रिय राजनीतमा फर्किने सम्भावना एकपटक फेरि प्रबल भएको छ।

सूत्र मुताविक भाजपाका केन्द्रिय नेतृत्व दिलीप घोषको साथमा छन् र उनलाई पार्टीका सबै ठूला कार्यक्रमहरूमा सक्रिय भूमिका निर्वाह गर्ने सल्लाह दिइएको छ। यहाँसम्म कि उनीसित यो पनि प्रश्न गरियो, उनी पहिला प्रधानमन्त्री वा गृहमन्त्रीको ऱ्यालीमा सामेल किन भएनन्। यसै क्रममा उनलाई दुर्गापुरको ऱ्यालीमा पनि औपचारिक निम्ति दिइएको छ।

भाजपाका नयाँ बंगाल प्रदेश अध्यक्ष शमिक भट्टचार्यसित उत्तर बंगालमा पत्रकारहरूले दिलीप घोषसित सम्बन्धित प्रश्न गर्दा उनले स्पष्ट रूपमा भने, के दिलीप घोष अन्य कुनै पार्टीका नेता हुन्? उनी भाजपामा थिए, छन् र रहनेछन्। पश्चिम बंगालमा कुनै 'दिल्ली लाइन' वा 'केरल लाइन' छैन। मात्र एउटा लाइन छ-भाजपा, हाम्रो लक्ष्य तृणमूललाई हटाउनु हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande